बिरगंज ८ भदौ । नेपाल विद्यार्थी संघ पर्साले कोरोना भाइरस कोभिड १९ को संक्रमणले मृत्यु भएकालाइ धार्मिक रितिरिवाज अनुसार दाह संशकार गर्न माग गरेको छ । नेपाल विद्यार्थी संघ पर्साले सोमबार अपरान्ह पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई यसप्रति ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको हो ।

मृत्यु भएका परिवारलाइ समेत मृतकको शरीर हेर्न नपाएको गुनासो बढेपछी यसलाइ गम्भीरता पुर्वक लिन माग गर्दै ज्ञापनपत्र बुझाएको नेबिसंघका पुर्व केन्द्रिय सदस्य सुधीर पटेलले जानकारी दिए । कोरोना भाइरसको चपेटमा परि मृत्यु भएका ब्यक्तिलाई उसैको परम्परा र धर्म अनुसार अंतिम संस्कार र दाह संस्कार गर्ने वातावरण बनाइ दिन माग गरिएको उनले बताए ।

ज्ञापनपत्र बुझाउन पुगेको टोलिमा नेबिसंघ पर्साका कार्यवाहक अध्यक्ष बिकेश पटेल, नेबिसंघ पुर्व केन्द्रिय सदस्य पटेल ,जिल्ला सचिव प्रभात सिंह , जिल्ला सदस्य बिट्टु अन्सारी लगायतको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय