बीरगंज ८ भदौ ।
प्रदेश नंं २ का बारा,पर्सा रौतहट सहित ८ जिल्लामा सक्रिय संक्रमितको संख्या साढे चार हजार नाघेको छ । आज मात्र थपिएका १ सय ८५ संक्रमित सगै सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय जना पुगेको छ । सक्रिय संक्रमित मध्ये विभिन्न आईसोलेशनमा बसेर उपचारमा रहेको संख्या १ हजार ७३ जना रहेपनि होमआईसोलेशनमा बस्नेहरुको संख्या ३ हजार ६ सय २७ पुगेको छ । सबै भन्दा बढी सक्रिय संक्रमित जिल्लाको रुपमा पर्सा जिल्ला भएको छ । पर्सा जिल्लाका विभिन्न आईसोलेशनमा ४ सय ५१ जना तथा होमआईसोलेशनमा ९ सय ४ जना गरेर १ हजार २ सय ५५ सक्रिय संक्रमितहरु भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी, रौतहट जिल्लामा रहेको विभिन्न आईसोलेशन सेन्टरमा ४३ जना तथा होमआईसोलेशनमा ७ सय ७ जना गरेर ७ सय ५० जना सक्रिय संक्रमित रहनु भएको छ । महोत्तरी जिल्लाको विभिन्न आईसोलेशन सेन्टरमा २४ जना तथा होमआईसोलेशनमा ६ सय ६३ जना गरेर सक्रिय संक्रमितको संख्या ६ सय ८७ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी, सर्लाही जिल्लामा रहेको विभिन्न आईसोलेशन सेन्टरमा ८९ जना तथा होमआईसोलेशनमा ४ सय ३८ जना गरेर कूल ५ सय २७ सक्रिय संक्रमित उपचारमा रहनु भएको छ । धनुषा जिल्लाको विभिन्न आईसोलेशन सेन्टरमा ६० जना तथा होमआईसोलेशनमा ३ सय ९६ जना गरेर कूल ४ सय ५६ जना सक्रिय संक्रमित रहनु भएको छ । यसैगरी, बारा जिल्लाका विभिन्न आईसोलेशन सेन्टमा ७६ जना तथा होमआईसोलेशनमा ३ सय ९ जना गरेर कूल ३ सय ८५ सक्रिय संक्रमितहरु उपचारमा रहनु भएको छ भने सप्तरी जिल्लाको विभिन्न आईसोलेशन सेन्टरमा १ सय ३७ जना तथा होमआईसोलेशनमा ८३ जना गरेर २ सय २० जना सक्रिय संक्रमित रहनु भएको छ । प्रदेश नंं २ मा सबैभन्दा कम सिरहा जिल्लामा सक्रिय संक्रमित रहनु भएको छ । सिरहा जिल्लाको विभिन्न आईसोलेशन सेन्टरमा १ सय ५३ जना उपचारमा रहनु भएको छ । सो जिल्लामा एक जना पनि होमआईसोलेशनमा नरहेको प्रदेश नं. २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times