राजेन्द्र सिंह, जेष्ठ ६, पर्सा।
बाराको जितपुरस्थित सेन्ट पिटर स्कुलमा किरण आँखा अस्पतालले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिबिर सफलतापूर्वक सम्पन्न भएको छ। शिबिरमा करिब ३५० जना विद्यार्थीको आँखाको परीक्षण गरिएको अस्पतालका संचालक डा. अमर क्यालले जानकारी दिनुभयो।

परीक्षण गरिएका मध्ये ४५ जना विद्यार्थीमा ‘रिफ्रेक्टिभ एरर’ अर्थात् दृष्टि दोष देखिएको र तिनीहरूलाई थप उपचारका लागि किरण आँखा अस्पतालमा रिफर गरिएको डा. क्यालले बताए।

विद्यालयस्तरमै यस्ता शिबिरहरू संचालन गरेर बालबालिकाको प्रारम्भिक अवस्थामा नै दृष्टि सम्बन्धी समस्या पत्ता लगाउने उद्देश्य रहेको उहाँको भनाइ छ। पछिल्लो समय किरण आँखा अस्पतालले बाराका विभिन्न विद्यालयहरूमा यस्तै निःशुल्क स्वास्थ्य शिबिरहरू निरन्तर रूपमा संचालन गरिरहेको छ।

शिबिरमार्फत धेरै विद्यार्थीलाई लाभ पुगेको भन्दै विद्यालयका प्रिन्सिपल र अभिभावकहरूले अस्पतालप्रति आभार व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय