
वीरगंज १२ भदौँ ।
प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगंजबाट महिला क्रियाशितमा प्रकाशित ‘मध्य नेपाल सन्देश’ पत्रिकाको चौथो वार्षिकोत्सव समपन्न भएको छ ।
कोरोना कहरको विचमा सुरक्षा सतर्कता अपनाउँदै कार्यालयका सञ्चारकर्मी तथा कर्मचारी र समाजमा उच्च योगदान पु¥याउने सम्मानीत व्यक्तित्वहरुको मात्र उपस्थितिमा वार्षिकोत्वसव समपन्न भएको हो ।
मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्काको सभापतित्वमा भएको कार्यक्रममा कोरोना महामारीमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउनु भएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा चिकित्सकको तर्फबाट कोभिड नियन्त्रणमा अहोरात्र खटिरहने डा. निरज सिंह, डा. उदय नारायण सिंहलाई बरिष्ठ पत्रकार एवंम प्रतीक दैनिकका प्रधान सम्पादक जगदिश शर्माले सम्मानित गरेका थिए । त्यसैगरी सुरक्षाकर्मीको तर्फबाट जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख गांगा पन्त त्यसैगरी कोरोना महामारीमा निःस्वार्थ रुपमा आफ्नो अस्पताल उपलब्ध गराउनु भएका युवा नेता तथा गण्डक हस्पिटलका सञ्चालक रहबर अंसारी, वीरगंज हेल्थ केयर हस्पिटलका संचालक डा. अबुलहैस अंसारी, त्यसैगरी चिकित्सकको क्वारेन्टाइन उपलब्ध गराउनु भएका होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, कोरोना संक्रमित तथा गरीबहरुलाई निःशुल्क भोजन, स्वास्थ्य समाग्रि लगायतमा सहयोग पु¥याउनु भएका सानो पाईलाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झालाई प्रहरी प्रमुख पन्तको हातबाट सम्मान गरिएको थियो ।
यसैगरी पत्रिकाको शैशव कालदेखि अविछिन्न रुपमा सम्पादन तथा अभिभावकत्व भुमिका प्रदान गरेका सञ्चारकर्मी तुलसी भण्डारीलाई नगद १० हजार रुपैयाँ सहित बरिष्ठ सञ्चारकर्मी शर्माले सम्मान गर्नु भएको थियो । भने, विभिन्न विद्यामा अन्तरवार्ता लगायतको समाचार उपलब्ध गराईरहनु भएका सञ्चारकर्मी निलम पन्त र नियमित स्तम्भकारका रुपमा लेख तथा स्तम्भ उपलब्ध गराउदैँ आईरहनु भएका सञ्चारकर्मी गीता भण्डारीलाई नगद ५÷५ हजार रुपैयाँ तथा सम्मान पत्रले नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले सम्मानित गरेका थिए ।
कार्यक्रममा बोल्दै चिकित्सक डा निरज सिंहले महामारी समुदायमा फैलिदै गएपनि अझै पनी ग्रास लेभलमा चेतना पुगि नसकेको बताउनु भएको थियो । वहाँले अझै प्रभावकारी ढङ्गले सचेत नगराए महामारी अर्कै रुपलिन सक्ने अवगत गराउनु भएको थियो ।
भने, कार्यक्रममा युवा नेता रहबर अंसारीले कोरोना संक्रमित निको भएपनि हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताउनु भएको थियो । यसैगरी प्रहरी प्रमुख गंगा पन्तले कोरोना महामारीले गर्नसक्ने थुप्रै कामहरु प्रहरीले गर्न नसकेको बताउनु भएको थियो ।
कार्यक्रममा बरिष्ठ पत्रकार जगदिश शर्माले प्रहरीले अतिआवश्यक वस्तु लिन आउनेलाई समेत सुरक्षाकर्मीबाट दुःख दिने काम भएकाले कुटपिट विनाको शान्ति सुरक्षा र निषेधाज्ञा पालना गराउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले कोरोना नियन्त्रणमा सञ्चारकर्मीहरुले तीनै तहको सरकारलाई जिम्मेवार बनाउन नसकेको कुरा बताउनु भएको थियो । वहाँले अहिलेको परिपेक्ष्यमा जनप्रतिनिधि चुकिरहेका छन् तरपनी विभिन्न बहानामा उम्कीदैँ गएको छ त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा सानोपाईलका कार्यक्रम संयोजक जय साह, वीरगंज हेल्थ केयरकी स्वास्थ्य संयोजक भुमिका अधिकारी, सञ्चारकर्मी सन्ध्या पौडेल, जाकिर हुसेन, कमला भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चारकर्मी लक्ष्मी खरेलले सहजिकरण गरेकी थिईन् ।