
राम कुशवाहा बिरगंज १३ भदौ । पर्सा जिल्लाको ग्रामीण भेगमा पर्ने प्रहरी चौकी प्रसौनिभाटाले भारतबाट अवैध तरिकाले लुकिछिपी ल्याइरहेको राजनिवास गुट्खा बरामद गरेको छ । प्रहरी चौकी प्रसौनीभाटा बाट खटेको प्रहरीटोलिले प्रसौनी गाउपालिका वडा न ५ हस्वाबाट ४९ पकेट भारतीय राजनिवास गुट्खा बरामद गरेको हो । पक्राउ गरिएको राजनिवास आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको प्रहरी चौकी प्रसौनी भाटाले जानकारी दिएको छ ।