बीरगंज ।
बिगत ३५ दिन देखी जारी निषेधाज्ञाको कारण बीरगंजको जनजिवन कष्टकर बन्दै गएको छ । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामकालागी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा लाई हिजो फेरी भदौ १८ गते रातिसम्म बढाएपछि बजार बन्दहुदा बीरगंजको जनजिवन प्रभाबित भएको हो । बिशेषगरी बजार,पसल,बैक,यातायात शैक्षिक संस्था, स्कुल कलेज सन्चालनमा नआउदा सबै क्षेत्र प्रभाबित भएको छ । विधुतीय माध्यम बाट बैकिङ कारोबार गर्न नसक्नेले बैकमा पैसा हुदाहुदै झिक्न नपाउदा समस्यामा परेका छन् । खाद्यान्न ,औषधीउपचारकालागी बैंकमा पैसा भएर पनि अरुसंग सापटी माग्नु पर्ने बाध्यता रहेको सर्बसाधारणले बताएका छन् । गरिब विपन्न परिवार र दैनिक ज्यालादारीमा आश्रित हुनेहरु दुई छाक भोजनको लागि छटपटाईरहेका छन् । ३५दिनदेखि जारि निषेधाज्ञाको कारण वीरगंजको मेनरोडमा पसल बन्द भएतापनि भित्री गल्लीका पसलहरु आशिक रूपमा खुल्ला रहेका छन् । जसका कारण आंशिकरुपमा राहत भएको उपभोक्ताहरुले बताएका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times