राम कुशवाहा
वीरगंज, १६ भदौ । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ स्वतन्त्र समाज नेपालद्वारा निषेधाज्ञा अवधिभरी गरिब, असहाय, बृद्ध एवं निमुखा जनताहरुलाई निःशुल्क रुपमा खाना खुवाउने अभियान जारी रहेको छ ।

स्वतन्त्र समाजले हिजो रती वीरगंज क्षेत्रका करीब १५० जनालाई खाना वितरण गरेको स्वतन्त्र समाजका कन्हैया लाल झाले जानकारी दिए ।

६ महिना देखी निरन्तर लकडाउनको मारमा परेका गरिब, असहाय, बृद्ध एवं निमुखा जनताहरुलाई प्रत्येकदिन निःशुल्क रुपमा खाना वितरण गर्ने कार्य निरन्तर जारी रहने स्वतन्त्र समाज नेपालका रवि बर्णवालले बताए । खाना वितरण कार्यमा कन्हैया लाल झा, रवि बर्णवाल, मुन्ना प्रसाद, आसा देबी, अंगद शर्मा, दिपेन्द्र साह, अर्जुन सर्राफ, उज्जवल पण्डीत, रन्जित झा, ज्योती टेन्ट लगायतले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय