रौतहट- भदौ ३ गते हत्या गरिएका रौतहटको हनुमान मन्दिरका पुज्य सन्त श्रीराम साहको १३ औं दिनको पूण्य तिथीमा श्रद्धाञ्जलीसभा गरिएको छ ।
विश्व हिन्दू परिषद नेपाल रौतहटले आज साहको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको जानकारी दिँदै हत्या गर्ने दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रशासनलाई दबाब दिने निर्णय पनि गरेको छ ।
विश्व हिन्दू परिषदका पदाधिकारी तथा अन्य सन्त र सामाजिक अभियन्ता सहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
स्व. सन्त साहको आत्मशान्तिका लागि पनि दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याइछाड्ने परिषदका जिल्ला अध्यक्ष आलोक पाण्डेले बताए ।
पुज्य सन्तहरुको साथमा विश्व हिन्दू परिषद नेपाल रहेको बताउदै स्व.सन्त श्रीराम साहको एक एक थोपा रगतको बदला लिनेछु भने सामूहिक संकल्प प्रस्ताव पास गरेको उनले बताए ।