बीरगंज ।
कोरोना संक्रमणको कारण पसल व्यबसाय चौपट भएको बेला स्थानिय प्रशासनले बजार अनुगमनको नाममा कालाबजारी गरेको भन्दै व्यबसायीलाई आतंकित बनाएको आरोप व्यबसायीकहरुले लगाएका छन् । स्थानिय प्रशासनले लगातार रुपमा बजार अनुगमनको नाममा मूल्यसुचि नराखेको, खरिद बिक्री बिल उपलब्ध गराउन नसकेको, म्याद गुज्रिएका सामान सन्चीत गरी राखेको कृत्रिम अभाव सृजना गरी कालाबजारी गरेको आरोपमा बीरगंजका व्यबसायीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिम जरिवाना र कार्वाही गर्न थालेपछि व्यबसायीहरु आन्दोलित भएका छन् । बीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडीया, पर्सा थोक तथा खुद्रा जनरल किराना व्यबसायी महासंघका अध्यक्ष शंकर कुशवाह नेतृत्वको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग सँग भेट गरी बजार अनुगमनको नाममा आतंक सृजना नगर्न आग्रह गरेको छ । झण्डै ५ महिनाको बन्दिले उद्योग व्यबसाय चौपट भएको अबस्थामा आंशिक रुपमा आलोपालो खुलेका पसलहरुमा म्याद गुज्रिएका सामान हटाउन नपाएको र सोही मौकामा स्थानिय प्रशासनले बजार अनुगमन गर्दा पुराना सामान भेटिएको व्यबसायीहरुले बताएका छन् । स्थानिय प्रशासनले यसैलाई आधार बनाएर व्यापारी माथि कार्वाही गर्न थालेपछि बन्दाबन्दिले खलबलिएको व्यबसायी प्रशासनको आतंकले चौपट भएको पर्सा थोक तथा खुद्रा जनरल किराना व्यबसायी महासंघका अध्यक्ष शंकर कुशवाहले बताउनुभयो । व्यबसायीलाई आतंकित पार्ने प्रशासनको नियत नभएको र अनुगमनलाई व्यबस्थित रुपमा अगाडी बढाईने व्यबसायीसंगको भेटमा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभएको बीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडियाले जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times