
वीरगंज २४ भदौ ।
जिल्ला प्रहरी कर्यलय पर्सामा कार्यरत घुमुवा प्रहरी हवल्दार सुरेन्द्र यादवले अलौमा गएराति आतंक मचाएको समाचार प्राप्त भएको छ । हवल्दार यादवले गएराती वीरगज महानगरको रामगढवा निवासी चन्दन बैठालाई घरायसी सामान रक्सौलबाट ल्याएको भन्दै पैसा माग गरेको र नदिदा लाठी प्रहार गरी सिर्दाथ ईन्टरनेशन कलेजको कक्षा १२ मा अध्यनरत बिद्यार्थी बैठाको टाउको फुटाईदिएको पिडीतले बताएका छन् । बैठाले आफुले घरको लागी २ केजी दाल, १ केजी खानेतेल रक्सौलबाट ल्याउने क्रममा घुमुवा प्रहरी यादवले अलौमा रोकेर पैसा मागं गरेकोमा आफुले नदिएपछि लाठी प्रहार गरेको बताएका छन् । पिडीत बिद्यार्थीले गएराति नै स्वास्थ्य परिक्षण गरी प्रहरी उपर जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको जानकारी प्राप्त भएको छ । यता हवल्दार यादवले गएराती मदिरा सेवनगरी १ दजर्नभन्दा बढी व्यक्तिहरुलाई गाली गलौज गर्दै अलौमा आतंक मचाएको स्थानिय बासिन्दाले बताएका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिभुषण यादवले दुई पक्ष बिच सामान्य भनाभन भएको र घटना मिलीसकेको बताउनुभयो ।