वीरगञ्ज,३० भदौ । संघिय सांसद सहित सुरक्षा निकायको टोली द्वारा पर्साको सिमा नाकाको निरीक्षण गरिएको छ ।

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव तथा पर्सा क्षेत्र नम्बर ४ का सांसद तथा संसदीय सुनुवाई समितीका सभापति लक्षमण लाल कर्ण सहित सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्ण भक्त ब्रह्मचार्य सहितको सुरक्षा निकायको टोलीले भारत संग सिमा जोडिएको पर्साको विभिन्न सिमा नाकाको निरीक्षण गरेका हुन‌।सुरक्षा निकायको टोली द्वारा वीरगंजको मुख्य भन्सार नाका मितेरी पुलको जर्जर अवस्थाको अवलोकन तथा इनर्वा, बलिरामपुर, छपकैया, भिस्वा , जानकीटोला लगाएतका नाकामा पुगेर अवस्था बारे जायजा लिएका छन ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी सरकारले सिमा सिल गरेपनी खुला सिमाको कारण भारत बाट नेपाल तर्फ मानिसको आवात जावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न सांसदद्वयले सुरक्षा निकायका प्रमुखलाई सुझाएका थिए ।निरीक्षणका क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सशस्त्र प्रहरी उपरीक्षक राजेंद्र खडका , जिल्ला समन्वय समितीका सभापति नेक महमद अंसारी लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय