बीरगंज ३१ भदौ ।
जिल्ला संकट व्यबस्थापन केन्द्र पर्साको आज सम्पन्न बैठकले उच्च स्वास्थ्य सतर्कताकासाथ असोज १ गते देखी सरकारी कार्यालय, सार्बजनीक संस्थान, व्यापारीक प्रतिष्ठान, उद्योग कलकारखाना सन्चालन गर्ने निर्णय गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी एवं संकट व्यबस्थापन केन्द्रका अध्यक्ष आस्मान तामाङ्गको अध्यक्षतामा आज सम्पन्न बैठकले सार्बजनीक सेवा प्रबाह लामो समयदेखी अबरुद्ध भएको हुदा यसलाई उच्च स्वास्थ्य सतर्कताका साथ असोज १गते देखी सुचारु गरीने जनाएको छ ।

त्यसैगरी बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण तथा उपचारलाई व्यबस्थीत गर्न आधारीत शिलबन्दि प्रकृयालाई निरन्तरता दिईने पसल, बजार तथा तरकारी फलफुलको बिक्री बिरतणलाई व्यबस्थीत एवं प्रभाबकारी बनाउन बीरगंज महानगरपालीका भित्र रहेका पसलहरुलाई मापदण्डको पालना हुने गरी भिडभाड नहुने गरी सन्चालन गर्नुपर्ने, तरकारी तथा फलफुलको हकमा रेल्वे रोडमा बिहान ५ बजे देखी ८ बजे सम्म मात्र राख्न पाईने र नियम बिपरीत राखेमा तरकारी तथा फलफुल जफत गरीने निर्णय गरेको छ ।

बैठकले कुनैपनि भेला, महोत्सब जात्रा सन्चालन गर्ने, मानिसहरु भेला जम्मा हुने भिडभाड गर्ने, जुलुश सभा गर्न प्रतिबन्ध लगाईएको जनाएको छ ।

त्यसैगरी परम्परागत रुपमा भई आएको नित्य पूजा बाहेकका सम्पुर्ण धार्मिक सास्कृतिक गतिबिधीहरु सन्चालन गर्न नपाईने, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, ट्युशन सेन्टर, भाषा कक्षा लगायतका गतिबिधीहरु सन्चालन गर्न नपाईने, डिपार्ट मेन्टल स्टोर, मनोरन्जन स्थल, शैलुन, व्युटिपार्लर, स्विमिङ्ग पुल, जिम खाना, समुहमा खेलिने खेलकुद, पुस्तकालय र संग्राहलय बन्द रहने निर्णय गरेको छ ।

यसैगरी कोभिड १९ को संक्रमण बिस्तारलाई रोक्न नो माक्स नो मुभ अभियान सन्चालन गर्ने, सार्बजनीक स्थलमा माक्स नलगाई आवत जावत गर्ने व्यक्तिलाई तत्काल कार्वाही गर्नेे निर्णय गरेको छ ।

त्यसैगरी सार्बजनीक सवारी साधन तोकिएको मापदण्ड भित्र रहेर सन्चालन गर्नुपर्ने, सवारी साधनमा यात्रा गर्दा भौतिक दुरी कायम गरीनुपर्ने, पसलहरु बिहान १० बजेदेखी साँझ ५ बजेसम्म नो भेईकल मुभमेन्ट जोन घोषणा गरी लागु गर्ने, सवारी साधन व्यबस्थापन गर्न बीरगंज महानगरपालीकाको समन्वयमा पुरानो र नया बसपार्क घण्टाघर र मालपोत कार्यालय अगाडी रहेको स्थलहरुमा पार्किङ्गको व्यबस्थापन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले नागरीकको स्वास्थ्य सम्बन्धि उच्च सतर्कता अपनाएर मात्रै नियमित कामकार्वाही सन्चालन गर्ने, अत्याबश्यक काम बाहेक हिडडुल नगर्ने, दिर्घरोगी, १० बर्ष मुनिका बालबालिका, ज्येष्ठ नागरीक, सुत्केरी वा गर्भवती महिला र असक्तहरु अतिआबस्यक र स्वास्थ्य सम्बन्धि कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले सार्बजनीक सेवा प्रबाहगर्ने सरकारी तथा संस्थान एवं गैरसरकारी संस्थाहरुले अति आबस्यक र जरुरी सेवा बर्गिकरण गरी सेवा प्रबाह गर्न निर्णय गरेको छ ।

यसैबिच बैठकपछि आज साँझ संक्षिप्त कुरा गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले बीरगंजमा साउन १० गते देखी घोषणा गरिएको निषेधाज्ञा भने जारी नै रहेको र यसलाई खुकुलो बनाउदै कोभिड नियन्त्रण तथा रोकथाम गर्दै जनजिवन सामान्य बनाउने अभियानमा जिल्ला सुरक्षा समिती तथा संकट व्यबस्थापन केन्द्र जुटेको बताउनुभयो ।

बैठकमा संकट व्यबस्थापन केन्द्रका सल्लाहकार जिल्ला समन्वय समिती पर्साक प्रमुख नेक महम्मद, बीरगज महानगरपालीकाका नगरप्रमुख बिजय सराबगी, पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ग, नारायणी अस्पतालका मेडीकल सुपरीटेण्डेन्ट डाक्टर सन्जय ठाकुर, नेपाली सेना श्रीपुर व्यारेकका प्रमुख मदन जंग राणा, पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खण्ड्का, राष्ट्रिय अनुसन्धानका प्रमुख कुमार खड्का, नेकपाका अध्यक्ष प्रभु हजरा, नेपाली काग्रेसका सभापति अजय द्धिबेदी, जसपाका अध्यक्ष रामनरेश यादव, बीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडीया लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय