रौतहट ४ असोज।
नेपाल प्रहरीबाट हत्या गरिएको जिल्ला रौतहटको गरुडा नगरपालिका -८ ,बसविट्टी जिंगडियाको बिजय रामको घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ।

हत्या पछि बिजय रामको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकोले अमेरिका बस्ने Adwan Nepal को संस्थापक अध्यक्ष डा. विष्णु माया परियार ज्युको पहलमा रु. ४६०००/- अक्षरेपी छियालिस हजार आर्थिक सहयोग गरिएको छ। स्वर्गीय बिजय रामको आमा र श्रीमती सुनित देवी रामको हातमा रकम प्रदान गरिएको थियो ।

उहाँको घरमै पुगी पिस फोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष / सामाजिक अभियान्ता मनोज ज्युको माध्यमले सहयोग रकम प्रदान गरिएको छ।

यस आर्थिक सहयोग दिने कार्यक्रममा पिस फोर दलितस फाउन्डेसन नेपालको सचीव संजोग राम , रौतहटको दलित सामुदायिक विकास नेपाल संस्थाको अध्यक्ष उदयनारायण राम र दलित महिलाहरुको उपस्थिति रहेकोे थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय