वीरगंज ५ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम शाखाका प्रहरी निरिक्षक रवि भुषण यादव प्रदेश तानिएका छन । जिल्ला प्रहरी कार्यालय पर्साको क्राईम शाखाका प्रमुख रहेका प्रहरी निरिक्षक रवि भुषण यादवलाई २ न. प्रदेश प्रहरी कार्यालय जनकपुरधामले तानेको खबर प्राप्त भएको छ । २ न. प्रदेश प्रहरी प्रमुख धिरज प्रताप सिंह कहा धेरै तस्करी सम्बन्धी गुनासो आएपछि प्र.नि यादवलाई तानिएको प्रदेश प्रहरी श्रोतले भन्यो ।
प्रहरी निरिक्षक रवि भुषण यादव पर्सामा आएदेखीनै तस्करीको लाईन सुचारु गरेका थिए । पर्साको ईनर्वा गाउ, छपकैया, अलौ, खलवासिर्सिया, कोनिया, अमरपट्टि, धोरे जानकीटोला, टिहुकी, बुढगाई, मिर्जापुर लगायतको सिमावर्ती नाकाहरुबाट कपडा, हार्डवेयर, मटर, मरिच, रजनिगन्धा, सर्टिड्ड सुर्टिड्डको कपडाको अहिले पनि उनकै निर्देशनमा व्यापक तस्करी हुदै आएको थियो ।
प्रनि यादवले आपना आसोपासे प्रहरीलाई चौकी ईन्चार्ज पठाई तस्करी गराउने र महिनावारी असुल्ने गरेका थिए । उनले आफना निकटतम प्रहरीलाई कमाई हुने सिमानाकामा पर्ने चौकी ईनवा गाउ, छपकैया, अलौ, अमरपट्टि, धोरे, मिर्जापुर , बुढगाई, टिहुकी चौकीमा पठाउने गरेको, उनको चेपुवामा परेका जुनियर प्रहरी अधिकृतहरुले आफनो नाम नछापने सर्तमा यस अनलाईनलाई बताए ।
पर्सा जिल्लामा तस्करी बढेको विभिन्न संचार माध्यममा आएपछि प्रदेश प्रहरी कार्यालयले उनलाई प्रदेशमा झिकाएको बुझिएको छ ।
प्रहरी निरिक्षक यादवले जिल्लाबाट (क्विक रिसपोन्स टिम) टाईगर टोलीको नाममा खटने प्रहरी हवल्दार देवदत कुशवाहालाई तस्करहरु संग महिनावारी असुल्न राखेको बुझिएको छ ।
प्रहरी हवल्दार कुशवाहाले अहिले पनि तस्करहरु संग पैसा असुल्ने काम जारी राखेका छन । प्रहरी हवल्दार कुशवाहाले महानगरभित्रमा पर्ने सिमानाकाहरु ईनर्वा गाउ, छपकैया, अलौ, खलवाटोला सिर्सियाबाट कामगर्ने तस्करहरु संग एक हप्ता पहिला लाखौको महिनावारी असुलेको श्रोतको दावी छ ।
प्रहरी निरिक्षक रवि भुषण यादव तानिएपछि तस्करी केही हद सम्म नियन्त्रण हुने जिल्लाको प्रहरी बितृमा चर्चा भईरहेको छ ।
कोरोना महामारीले सिमासिल भएको अवस्थामा पनि तस्करी नियन्त्रण नर्गनु आम सर्वसाधारणको ज्यान संग खेलवाड गर्ने यस्ता गैर जिम्मेवार प्रहरीलाई हदै सम्मको कार्यवाही गर्न आम सर्व साधारणको मागं रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय