पर्सामा घुमुवा राख्न दुई हाकिमबीच हानाथाप

पढ्न छुटाउनुभयो ?

spot_img

बिरगंज ११ असोज । जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तका घुमुवाका इन्चार्ज प्रहरी निरीक्षक रवीभुषण यादवलाई लखेटिएपछि उनको ठाउँमा यतिखेर प्रहरी नायब निरीक्षक प्रकाश राउतलाई जिम्मेवारी दिइएको छ ।

प्रहरी प्रधान कार्यालयबाट निर्देशन भए बमोजिम घुमुवाको टोली फेरबदल गरेपनि रवीभुषण यादवका विश्वासपात्र प्रहरी नायब निरीक्षक सोमकुमार रिमाललाई प्रधान कार्यालयको निर्देशनको अवज्ञा गर्दै इलाका प्रहरी कार्यालय एकटाङ्गामा पठाइएको छ ।

पर्सा जिल्लाकै मालदार मानिने एकाटाङ्गमा इन्चार्ज बनेर गएका रिमाल आफ्नो पुरानो खाइखेतीमा सकृय हुन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरी दरबन्दी भएका सई रिमाललाई दरबन्दीमा नपठाएर जिम्मेवारीबाट हेरफेर गरिनुलाई आश्चर्य मानिएको छ । त्यस्तै रवीभुषण यादवकै टिममा रहेका प्रहरी नायब निरीक्षक बैदनाथ दासलाई भने ठोस जिम्मेवारीबाट हटाई मोबाइल गस्तीमा काम लगाइएको छ ।

रवीभुषण यादव प्रदेश कार्यालयमा तानिएपछि दशैका मुखमा घुमुवाको इन्चार्ज बन्ने अवसर पाएका प्रहरी नायब निरीक्षक प्रकाश राउतको टिममा प्रहरी नायब उपरीक्षक मनोजित कुँवरको निर्देशनमा प्रहरी सहायक निरीक्षक मोहन आले, हवल्दार देवदत कुशवाहा, लालुनी प्रसाद यादव, जवान प्रभा साह, प्यमबर अन्सारी सकृय रहेका छन् ।

घुमुवाको यो टिमले रवीभुषण यादवको कार्यलाई निरन्तरता दिएका छन् । नेपालबाट मरिच, केराउ पठाउने र भारतबाट सटिङ सुटिङका सामान ल्याउने गिरोहसँग भेटघाट गर्न र मोलमोलाई गर्न हवल्दार देवदत कुशवाहालाई जिम्मेवारी दिइएको छ ।

पर्सामा यतिखेर घुमुवा राख्न एसपी र डिएसपको प्रतिष्पर्धा चलेको छ । डिएसपी कुँवर काजमा रहँदासम्म मौन रहे पनि अहिले दरबन्दी कायम भएपछि मात्रै आफैले घुमुवा राखेका हुन् । साभार – रिपोर्ट नेपाल डटकम

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

Рейтинг преданных Онлайн Казино самые Топ Клубы европ

Рейтинг преданных Онлайн Казино самые Топ Клубы европыЛучшие Онлайн Казино Рейтинг Топ Казино Для ИгрыContentОнлайн Казино Gametwist на Компьютере...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img