वीरगंज, १५ असोज ।
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस वीरगंजमा मनाइएको छ । वीरगंज महानगरपालिकाको आयोजना तथा ज्येष्ठ नागरिक सङ्घ, पर्साको सहकार्यमा नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्षमा दिवस मनाइएको थियो ।
दिवसको अवसरमा नगरप्रमुख विजय सरावगी र उपप्रमुख शान्ति कार्कीले तीनजना महिला र दुईजना पुरुष गरी पा“चजना ज्येष्ठ नागरिकलाई प्रमाणपत्र, दोसल्ला, छाता र नगदबाट सम्मानित गरे । विष्णुकुमारी क“डेल, पद्यमाकुमारी शर्मा, तेतरी कनुइन, गोपाल साह कानू, इस्माइल मिया“ धोबी सम्मानित भएका हुन् ।
सो अवसरमा नगरप्रमुख सरावगीले ज्येष्ठ नागरिकका लागि महानगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरे । उनले ज्येष्ठ नागरिकहरुको हकमा महानगरपालिकाले थुप्रै काम गर्दैआएको र गर्ने आश्वासन पनि दिए ।
नगरप्रमुख सरावगीले ज्येष्ठ नागरिकहरुको लागि जग्गा उपलब्ध गराउने काम अन्तिम चरणमा भएको बताए । उनले कोरोनाको समयमा ज्येष्ठ नागरिकहरुलाई झन् बढी ख्याल गर्नुपर्ने सुझाव दिए ।
फरक प्रस·मा नगरप्रमुख सरावगीले आपूm महानगरमा पैसा कमाउन, व्यापार गर्नका लागि नगएको प्रस्टयाए । उनले महानगरको विकासको लागि आपूm गएको र त्यसैमा लागेको दावी गरे । भ्रष्टाचारको कुरा पैmलाएर बदनाम गराउनेहरु सक्रिय रहेको भन्दै उनले तथ्यपरक रुपमा भ्रष्टाचारको उजागर भएको खण्डमा दोषीलाई कारबाई गर्ने प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा मनोचिकित्सक डा भरत गोइत, डा नीरज सिंहले ज्येष्ठ नागरिकहरुलाई कोरोनाको बेलामा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा वीरगंज पब्लिक कलेजका विनोद गुप्ताले ज्येष्ठ नागरिकका बारेमा कार्यपत्र प्रस्तुत गरे ।
ज्येष्ठ नागरिक सङ्घ, पर्साका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय