
अमित चौरसिया
वीरगंज १६ असोज ।
शसस्त्र प्रहरीले बाराको बिश्रामपुर गाउपालिका वडा नं ४ बलिरामपुरबाट १३ किलो चरेस बरामद गरेको छ ।
शसस्त्र प्रहरी बल बिओपी बरैनियाबाट शसस्त्र प्रहरी नायव निरिक्षक होम बहादुर खत्रिको कमाण्डका खटेको पैदल गस्ती टोलीले बाराको बिश्रामपुर गाउपालिका वडा नं ४ बलिरामपुरको पोखरी नजिक बाट १३ किलो चरेस बरामद गरेको हो ।
शसस्त्र प्रहरीका अनुसार नेपालबाट भारत तर्फ पैदल गईरहेको अन्दाजी ३० वर्षिय पुरुषले झोलामा १३ किलो चरेस बोकी हिडिरहेको अवस्थामा प्रहरीलाई देख्ने वितिकै झोला छोडी भारत तर्फ फरार भएको जनाएको छ । शसस्त्र प्रहरीले बरामद गरेको लागु औषध चरेस आवश्यक अनुशन्धानका लागी जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको बिओपी बरैनियाका शसस्त्र प्रहरी नायव निरिक्षक होम बहादुर खत्रिले जानकारी दिनुभयो ।