वीरगंज २० असोज ।
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं २ मा रहेको प्रहरी चौकी भकुवाको एरियाबाट अहिले व्यापक तस्करी भईरहेको पाईएको छ । तस्करहरुले सिमामा खटेका प्रहरीको सहयोगले भारतबाट अवैध तरिकाले नेपाल भित्रियाएका तस्करीका मालसमान प्रहरी चौकी भकुवाको अगाडीबाटै ओसार पोसार गरिरहदा पनि, प्रहरी भने बेखबर भए जस्तो गरिरहेको पाईएको छ ।
तस्करहरुले सिमावर्ति भारतिय बजार रक्सौल बाट खरिद गरी ल्याएको कपडा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, हार्डवेयरको पार्ट पुर्जा सर्टिड्ड सुर्टिड्डको कपडा लगायतका सामानहरु अवैध तरिकाले छपकैयाको लचका र छठियाघाट बाट प्रहरीकै सहयोगमा नेपाल तर्फ भित्रियाउने गरेका छन ।
प्रहरी चौकी छपकैयाका सई प्रहरी नायव निरिक्षक अरुण कुमार सिंहलाई आर्थिक नजराना बुझाई तस्करी कार्यलाई निर्वाद संचालन गरिरहेको बुझिएको छ ।
छपकैयाकै स्थानिय व्यापारीहरुले वीरगंजबाट मटर, मरिच छोकडा खरिदगरी साईकल, मोटरसाईकलमा राखी मालपोत चौकको गलिगलि हुदै भकुवा चौकीको अगाडीबाट र चौकीको पछाडी रहेको डम्पिड्डको बाटो भएर छपकैया हुदै भारततर्फ तस्करीगरी लाने गरेका छन ।
तस्करहरुले वीरगंजबाट मटर,मरिच, लिएर छपकैयाको सिमा नाका पुग्न अथवा उताबाट तस्करीको माल समान लिएर वीरगंज पुग्न भकुवा चौकीको नाका भएर आउने जाने गरेको भेटिएको छ । मुख्य बिन्दुमै रहेका भकुवा चौकीले आखा“ चिम्लिदा तस्करी बढेको स्थानियहरुको भनाई रहेको छ ।
प्रहरी चौकी भकुवाका असई प्रसनि ज्ञान श्रेष्ठले भकुवा चौकीको एरियाबाट काम गर्ने मटर, मरिच, कपडा, पोके तस्करहरु संग महिनावारी फिक्स गरेपछि तस्करीको लागी लाईन दिएको एक तस्करले बताए ।
भकुवा चौकीका असई प्रसनि ज्ञान श्रेष्ठ पर्सा जिल्लामा लामो समय बिताएका प्रहरी हुन । प्रसनि श्रेष्ठ, प्रहरी जवान देखी प्रहरी हवल्दार हुदै असई सम्म बढुवा हुदा पनि पर्सामै छन ।
ठुलाबडा हाकिमहरुको आर्शिवादले प्रहरी जवान देखी असई सम्म लामो समय एउटै जिल्लामा बस्न सफल भएका भाग्यमानी प्रहरी हुन उनि । यस तर्फ पनि सम्बन्धित निकायको ध्यान जान अतिआवश्यक देखिएको छ ।