बीरगंज २१ असोज ।
वीरगज महानगरपालिकाका जनप्रतिनिधि तथा सडक विभागका कर्मचारीको लापरवाहीका कारण सडक मर्मतका लागि बर्षेनी करोडौ रकम खर्च भए पनि नगर क्षेत्रको सडकको अवस्था भने बर्षौ देखि विजोग पूर्ण रहेको छ । बर्षेनी महानगरले सडक मर्मतको लागी १५ करोडभन्दा बढी रकम खर्चिने गरेको भए पनि वीरगजका सडकहरुको अवस्थामा कुनै सुधार आउन सकेको छैन । स्थानिय सरकार गठन भएको ३ बर्ष पुग्न लागेको भए पनि नगरवासीले परिवर्तनको कुनै लक्षण देखेका छैनन् । महानगरको मुख्य सडक अन्तर्गत घण्टाघर देखी पावरहाउस चौकसम्मको अवस्था पहिलाभन्दा झन विग्रिएको छ । सडक टालटुलका लागि सडक बोर्डले महानगरपालिकालाई बर्षेनी करोडौ रकम दिने भएपनि जनप्रतिनिधि, ठेकेदार र कर्मचारीको मिलोमतोमा जनताको आँखामा छारो हाल्ने काम मात्रै हुने गरेको नगरवासीको गुनासो छ । चालु अर्थिक बर्ष अन्तर्गत अहिले सडक विभागले त्रिमुतीचौकमा सडक टालटुल काम गरि रहेको छ । २९ लाखको लागतमा भएको सो सडक खण्डको टालटुल गर्ने काम कसरी भई रहेको छ आम नगरवासीले प्रत्यक्ष रुपमा देखेका छन् । गत आर्थिक बर्षमा बीरगंजको आदर्शनगर स्थित कैलास होटल देखि त्रिभुवन मावीसम्म कालोपत्र सडक मर्मत गरिएको थियो भने पानीटयकी रोड, रानीघाट, रामटोल माईस्थान, लगायत ३४ ठाउमा सडक मर्मत भएको महानगरपालिकाको तथ्यांकले देखाएको छ । तर अहिले ति सबै सडक जिर्ण अवस्थामा रहेका छन् । गुणस्तरहिन काम गरेर करोडौ बजेट पचाउने जनप्रतिनिधि, कर्मचारी र ठेकेदारलाई कडा कारवाही हुनु पर्ने माग नगरवासीको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to The Madhesh Times