वीरगंज १ कार्तिक ।
नेपालीहरुको महान चाड वडा दशै“ नजिकिदै गर्दा पर्साको सिमानाकाहरुबाट अवैध तस्करी धन्दामा बृद्धी भएको छ । कोभिड महामारीले सिमानाका सिल भएपनि सिमामा खटेका प्रहरीको आर्शिवादले तस्करहरुलाई चानी चानी भएको छ ।
पर्साको सिमानाकाहरुबाट अरु बेला सामान्य रुपमा हुने तस्करी चाड पर्वको बेला प्रहरी प्रशासनको मिलोमतोमा ठुलो मात्रामा खुल्लेयाम तस्करी भइरहेको यस अनलाईनले तस्करीको दृश्य कैद गरेको छ ।
तस्करहरुले वीरगंज महानगरपालिकाको ईनर्वा गाउ, छपकैया, खलवाटोला सिर्सिया, अलौ, कोनिया लगायत ग्रामिण भेगमा रहेका सिमावर्ती नाकाहरुबाट सिमामा खटेका प्रहरीकै सहयोगले खुल्लम खुल्ला तस्करी गराईरहेका छन ।
तस्करहरुले भारतिय सिमावर्ती बजारहरु बाट खरिद गरेका कपडा, सर्टिड्ड सुर्टिड्डका कपडा, हार्डवेयरको पार्ट पुर्जा, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा, खाद्यान्य, सुर्ती, गुटखा अवैध तरिकाले नेपाल तर्फ सिमामा खटेका प्रहरीहरुको सहयोगले भित्रियाईरहेका छन । त्यसैगरी तस्करहरुले मटर, मरिच, छोकडा, नेपालबाट खरिद गरी भारत तर्फ ओसार पोसार गरिरहेका छन ।
पर्सा प्रहरीलाई अहिले दशै“नै लागेको जस्तो आभास हुन लागेको आम नागरिकको बुझाई रहेको छ । आम मानिसले पारीबाट आफनो घरको लागी दुई चार हजारको सामान खरिद गरी ल्याउदा तस्करीको हो अवैध समान भनी पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउने गरेको स्थानियहरुले गुनासो गर्ने गरेका छन ।
पर्सा जिल्ला बाट भईरहेको संस्थागत तस्करीको लाईन पर्सा प्रहरीको क्राईम टोलीले दिने गरेका छन । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटने क्राईम टोलीको निर्देशन बगैर सिमामा रहेको प्रहरी चौकीले तस्करीको लाईन दिनु सम्भव नरहेको एक प्रहरी अधिकृतले यस अनलाईनलाई बताए ।
वीरगंज महानगरपालिका भित्र पर्ने सिमानाकाबाट अवैध कारोबार तस्करी गर्ने तस्करहरुले पहिला क्राईम टोलीलाई मिलाउने त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटने टाईगर टोली त्यसपछि विर्ता वडा प्रहरी कार्यालय त्यसपछि ईनर्वा गाउ चौकी, छपकैया चौकी, अलौ चण्डाल चौक चौकीलाई महिनावारी बुझाई तस्करी कार्य सुचारु गर्ने गरेका छन ।
पर्सा जिल्लामा रहेका प्रत्येक प्रहरी चौकी, वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयबाट तस्कर अवैध कारोबारीहरु संग महिनावारी असुल्नका लागी शादा पोसाकमा प्रहरी खटाईएको हुन्छ । यि शादा पोसाकका प्रहरीहरुलाई पनि महिनावारी दिएर मात्र तस्करी कार्य सम्भव रहेको एक तस्करले बताए ।
पर्साको सिमानाकाहरुबाट संस्थागत रुपमा भर्इंरहेको तस्करी बारे विभिन्न संचारमाध्यममा सामाचार आएपनि पर्साकी एसपी गंगा पन्त भन्ने मौन छिन । तस्करलाई सघाएको आरोपमा पर्सा प्रहरीको ईन्सपेक्टर सहित पाच“ जना प्रहरीलाई २ नं प्रदेश प्रहरी प्रमुख डिआईजी धिरज प्रताप सिंहले प्रदेश तानिसकेका छन । पर्सा जिल्लाको सिमावर्तीनाकाहरुबाट भईरहेको तस्करी बारे पर्साकी एसपी गंगा पन्त अनभिज्ञ छिन कि बुझेर पनि बुझ पचाएकि छिन । एसपी पन्तकै मातहतबाट खटने क्राईम टोली र टाईगर टोलीले पर्सामा तस्करीको लाईन दिएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटने क्राईम टोली र टाईगर टोलीले संस्थागत रुपमा तस्करी गराईरहदा पनि पर्सा प्रहरी प्रमुख भन्ने मौन बस्नु शंकाको विषय बनेको छ ।
https://www.youtube.com/watch?v=7tHhtu5KPE0&t=115s