रौतहट ३ कार्तिक ।
रौतहटको देवाही गोनाही नगरपालिकाको चौथौं नगर सभा आज सोमबार सम्पन्न भएको छ। समाजिक दुरी कायम गर्दै, नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रमका बीच सभ्य र भव्य तरिकाले सम्पन भएको छ। सरकारले तोकेको अनुसार सबै पालिकाले समयमा नगर परिषद गर्नु पर्ने तर बिभिन्न कारणले हुन नसकेको देबाही गोनाही नगरपालिकाको नगर सभा सोमबार मात्र सम्पन भएको हो। नगर प्रमुख धरमेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न भएको नगर सभाले, चालु आर्थिक वर्ष २०७७ – २०७८ मा नगरको समग्र बिकासका लागि ४९ करोड भन्दा बढी आयबय्य सहितको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षमा नगरको चौतर्फी बिकासका लागि देबाही गोनाही नगरपालिकाले आफ्नो चौथौं नगर सभाबाट ४९ करोड २ लाख ३४ हजार २९ रुपया बजेट पारित गरेको छ। नगर सभामा समानीकरण, शसर्त अनुदान, राजस्व ब्यब्स्थापन, आन्तरिक आय लगायत गरी सो रकम प्रस्तुत गरेको थियो।
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, बिधुत, भौतिक पूर्वाधार निर्माण लगायतलाई बिशेश प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजदेब रामले जानकारी दिनुभयो।
कार्यक्रममा नगरपालिकाकी उप प्रमुख परनिया देबि पटेलको बिशिष्ट आतिथ्य तथा सबै बडाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times