वीरगञ्ज २० मंसिर ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा चोरको बिगबिगी बढेको छ । दिनै पिच्छे चोरीका घटना हुन थालेपछि नारायणी अस्पताल परिसर असुरक्षित बन्दै गएको हो । विरामी भेट्न जाने आफन्त र कुरुवाका मोबाईल वार्डबाटै चोरी हुने, अस्पताल परिसरबाटै साईकल÷मोटरसाईकल चोरी हुनेलगायतका घटनाहरु नारायणी अस्पतालमा बढदै गएका छन् । अस्पताल परिसरमा जडान गरिएका सिसीटिभी क्यामेराहरुको समयमा मर्मतसम्भार नहुँदा चोरीका घटना बढदै गएको पिडितहरुले बताएका छन् । यता अस्पताल परिसरबाट प्रहरीकै मोटरसाईकल चोरी हुनु आफैमा दुर्भाग्यपुर्ण रहेको नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभले बताउनु भयो । सर्वसाधारणको सुरक्षामा खटिएका प्रहरीको आफ्नै मोटरसाईकल चोरी हुनु आफैमा लजास्पद विषय भएको लाभले बताउनु भयो । अस्पताल परिसरमा प्रहरीको बिट भएपनि चोरीका घटनाहरु नियन्त्रण नहुनु दुर्भाग्यपूर्ण विषय भएको लाभले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times