विपन्न परिवारका छाेरीकाे विवाहका लागि ग्लाेबल आईएमई बैंकको आर्थिक सहयोेग

पढ्न छुटाउनुभयो ?

spot_img

बीरगन्ज । अर्थ अभावमा छोरीको विवाह गराउन अप्ठेरोमा परेका विपन्न परिवारलाई ग्लोबल आइएमई बैंक घडिअर्वा शाखाले आर्थिक सहयोग गरेको छ ।नेपाल बाल संगठन पर्साले आर्थिक अभावमा विवाहको उमेर पुगेका युवतीको विवाह नरोकियोस भनेर सहयोग संकलनको पहल गरिरहदा ग्लोबल बैंक घडिअर्वा शाखाले सहयोग गरेको हो । विशेष गरेर विपन्न परिवारका पनि फरक सक्षम क्षमता भएका युवतीको विवाहका लागि आफूहरुले सहयोग गर्ने अभियान चलाएको संगठन पर्सा संयोजक राम किशोर सिंह परागले जानकारी दिए । संगठनले अभियान अन्तर्गत पहिलो पटक वीरगंज वडा नं २० अपौनी घर भएका दुई परिवारका लागि आर्थिक सहयोग उपलब्ध गराएको उनले बताए । हरपतगंजकी फरक सक्षम क्षमताकी अजिजि सहिना खातुनको र चंदा खानको विवाहका लागि बैंकले २१००० सहयोग गरेको छ ।
बैंकका शाखा प्रमुख संतोष साहले सामाजिक कार्यका लागि ग्लोबल आईएमई बैंक परिवार तयार रहेको र सामाजिक उत्तरदायित्व निर्वाह गर्न सधैं अग्रसर रहने प्रतिवद्धता व्यक्त गरे । आर्थिक रुपमा कमजोर तथा फरक क्षमता भएका युवतीको विवाह पैसाकै कारण नरोकियोस भनेर आफूहरुले सहयोगको अभियान चलाएको संगठनका सदस्य हेमन्त तामाङले बताए ।
विपन्न तथा फरक क्षमता भएकाहरुका लागि समाजका हेरक सक्षम व्यक्तिले सोच्न सके मात्र समाज रुपान्तरण हुने संयोजक सिंह बताउछन् । सहयोग प्रदान गर्न संगठनका संयोजक सिंह सहित सदस्यद्वय तामाङ, राजाबाबु रौनियार लगायत युवतीको घरैमा पुगेका थिए ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img