वीरगन्ज ७ पुस । नेपाल र भारतको सीमा काठमाडा“ै र दिल्लीको नजर भन्दा पनि जनस्तरको नजरले हेर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । मानवअधिकार पत्रकार संघ(हुर्जा) काठमाडौ“ले दुई देशका समस्या बारे मंगलबार आयोजना गरेको भर्चुअल छलफलमा वक्ताहरुले दुई देशबीचको बहुआयामिक सम्बन्ध र समस्याबारे चर्चा गरेका थिए । सीमामा हुने समस्या समाधान गर्न एक स्थानीय संयन्त्रको आवश्यकता औ“ल्याएका थिए । कार्यक्रममा पूर्व पराराष्ट्रमन्त्री भेखबहादुर थापाले खुला सीमाले ल्याउने द्धन्द्धलाई व्यवस्थापन गर्न दुबै पक्षको संयन्त्रलाई काम लगाउन सकिने बताए । वरिष्ठ पत्रकार अखिलेस उपाध्यायले सरकारी तहमा भन्दा पनि जनस्तरको संवादले बढी प्रभावकारी काम गर्ने जनाए । ‘यो अनौपचारिक कुटनीति हो,’ उनले भने, ‘लागू औषध, अवैध हतियार, सुरक्ष्ाँ लगायतका समस्या सीमामा छन् ।’
भारत विहारको रक्सौल निवासी प्राध्यापक अनिल कुमार सिन्हाले नेपालस“गको सम्बन्ध राजनीतिले होइन् सांस्कृत्तिक र अरु सामाजिक सम्बन्धले अनुप्राणित गर्ने बताए । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले लागू औषधको अवैध कारोबार ठूलो समस्याको रुपमा देखिएको बताए । ‘नेपालमा गैरकानूनी भएको लागू औषध उता खुला रुपले बिक्री वितरण हुन्छन्,’ उनले भने, ‘उता गैरकानूनी कुरा यता कानूनी भएकाले समस्या देखिएको छ । यसलाई जोड्न संयन्त्र आवश्यक छ ।’ नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले कोरोना महामारीका कारण बन्द गरिएका नाकाका कारण नेपालमा मह“गी चुलिएको जनाए । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले सञ्चारकर्मी र नागरिक समाजले सदभावनादुतको काम गर्न सक्ने धारण राखेका थिए ।
मिडिया फोर बोर्डर हारमानीका अध्यक्ष अमरेन्द्र तिवारीले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध हु“दा पनि भारतले बोर्डर खोलिसक्दा पनि नेपालले हालसम्म बोर्डर नखोल्दा नागकिरले अनेक समस्या बेहोर्नुपरेको सुनाए । उद्योगी अशोक कुमार वैद्यले काठमाडौ“ र दिल्लीलाई सीमाको समस्या थाहा नहुने भएकाले जनसंवादबाटै पहल गर्न आवश्यक रहेको आ“ैल्याए । सीमा जागरण मञ्चका महेश अग्रवालले सीमाबन्द भएकाले आवतजावतमा समस्या भएको बताए । काठमाडौं र दिल्लीको चिसोपनले सीमामा असर गरेको उनले बताए । उनका अनुसार नेपाल र भारतबीच तीन प्रकारको सम्बन्ध छ । पर्सा प्रहरी प्रमुख गंगा पन्तले दुई देशबीच हुने विहावारी पछि हुने घरेलु हिंसा, मानव बेचबिखन, लागू औषधको समस्या रहेको बताइन् । ठाकुरराम बहुमुखी क्याम्पसका सह प्रध्यापक बिरेन्द्र प्रसाद साहले खुला सीमामा बलियो संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताए । हुर्जाका अध्यक्ष घनश्याम खडकाले अगामि दिनमा दुबै देशका सञ्चारकर्मी, नागरिक समाजका अगुवा राखेर संवादलाई अगाडि बढाइने जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय