बीरगंज ।
भारतका विभिन्न राज्यमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएसँगै सरकारले बीरगंज लगयात नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतबाट आउने मासुजन्य सबै वस्तुलाई नेपाल प्रवेश गर्न निषेध गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । बर्ड फ्लु देखिएका भारतका विभिन्न राज्यबाट स्वस्थ पशुपंक्षीसमेत ल्याउन रोक लगाईएको मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले जानकारी दिनुभयो । अनुसन्धानका लागि ल्याइने पशुपंक्षीहरु भने सम्बन्धित निकायको प्रमाणिकरण हेरेर मात्रै नेपाल भित्रन दिईने उहाँको भनाइ छ । यस्तै भारतमा देखिएको बर्ड फ्लु नेपाल प्रवेश गर्न नदिन सरकारी अधिकारीहरु छलफलमा जुटेका छन् । नेपालमा संक्रमण भित्रन नदिन के गर्ने भन्नेबारे छलफल सुरु भएको र आवश्यक निर्णय लिईने मन्त्रालयका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । भारतका मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्ड फ्लुका कारण कुखुरा तथा पुशपंक्षी मरेको पुष्टि भएसँगै उच्च सतर्कता अपनाउन लागिएको हो । बर्ड फ्लु देखिएको भारतका विभिन्न राज्यहरुमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय