रौतहट ५ माघ । चन्द्रपुर नपा ३ गैडाटारका अति बिपन्न परिवार लाई न्यानो कपडा बितरण गरिएको छ ।
गैडाटारका अति बिपन्न ७० परिवार लाई डस्ना र कम्वल बितरण गरिएको छ ।
युएन अोम्यान को सहयोग ,माण्डवी सस्थाको आयोजना र जिल्ला प्रशासन कार्यालयको सहकार्यमा न्यानो कपडा बितरण गरिएको हो ।
अति बिपन्न परिवार लाई सहयोग गर्ने उदेश्यले कार्यक्रम गरिएको माण्डवी का कार्यकारी निर्देशक अन्जु झाले बताउनु भयो ।
जिल्लाभरी आवस्यकता को आधारमा न्यानो कपडा बितरण गर्दै आएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
गैडाटार अासपासका अति गरीव , सुकुम्वासी, अपाङ्ग हरु लाई डस्ना , कम्वल सहयोग गरिएको हो ।
बितरण कार्यक्रममा इलाका प्रशासन कार्यालय चन्द्रपुरका प्रमुख डोरेन्द्र निरौला , सुरक्षा निकायका जिल्लाका प्रमुखहरु , संचारकर्मीहरु, स्थानिय सामाजिक अगुवाहरु को सहभागिता थियो ।
माण्डवीले जिल्लाको विभिन्न स्थानका हजारौ परिवार लाई न्यानो कपडा बितरण गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय