राम कुशवाहा
बीरगंज १६ माघ ।
जिल्ला प्रहरी कार्यालय पर्साले छुट्टाछुट्टै हत्या र लागु औषध मुद्दामा संलग्न फरार अभियुक्तहरुलाई पक्राउ पछि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पत्रकार सम्मेलन मार्फत पर्साको बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका ९ वर्षिय राजन पटेलको हत्यामा संलग्न रहेका पर्सा बहुदरमाई नगरपालिका वडा नं. २ घर भई हाल विरगंज महानगरपालिका वडा नं १४ राधेमाई बस्ने १९ वर्षिय रेयन महतो कम्करलाई हत्या घटनाको साढे ५ बर्ष पछि पक्राउ गरिएको जानकारी दिनुभयो ।

कम्करले नबालक राजनको हत्या गरी विरगंज महानगरपालिका वडा नं १४ स्थित चिनिमिल आवास क्षेत्र भित्र रहेको जमेको पानीमा शव फालेका थिए । लुकीछिपी बस्दै आएका कम्करलाई साढे ५ वर्ष पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी एक महिना अगाडी सम्पती हड्प्ने षडयन्त्रका साथ बहुदरमाई नगरपालिका वडा नं ४ बहुअरी २१ वर्षिय अकलेश राउत यादवको हत्यामा संलग्न ३ जनालाई प्रहरीले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । घाटी डोरीले कसेर हत्या गरेको अवस्थामा अकलेशको शव बरामद भएको थियो ।
हत्यामा संलग्न पर्सागढी नगरपालिका वडा नं ५ बस्ने ५१ वर्षिय भागरित राउत अहिर, सोही ठाउका ४१ वर्षिय शेष ताहिर मिया, सोही ठाउकै २७ वर्षिय छठु भन्ने दिनेश पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
मृतकको नातामा फुफाजु पर्ने भागरित राउत अहिरले सम्पतीको लागी ताहिर र दिनेशको सहयोगमा हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय