बीरगंज १६ माघ ।
कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका ३० वटा नाकाहरु खोल्ने गृह मन्त्रालयले निर्णय गरे पनि सिमा क्षेत्र आवत जावत गर्न सवारी साधनहरुलाई छुट नदिदा थप समस्या भएको छ । कोरोना संक्रमणको नयाँ स्वरुप भारत लगायतका देशहरुमा विस्तार भई सकेको र सिमा नाकालाई व्यवस्थित गर्दै आवत जावतमा छुट दिने तर सवारी साधन भने संचालन नगर्ने गरि निर्णय भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनु भयो । सवारी साधन संचालनमा नआउँदा भारतबाट नेपाल भित्रिने पर्यटक प्रभावित भएको र यसले नेपालको होटल तथा पर्यटन व्यवसायमा नराम्रो असर परेको व्यवसायीहरुले बताएका छन् । चैत्र १० गते पछि भन्सार काटेर भारतीय सवारी साधनहरुको आवत जावत रोकिएको र हल्का सवारी साधनको आवत जावत प्रभावित हुँदा भारतीय पर्यटक नेपाल आउन छाडेको व्यवसायिहरुले बताएका छन् ।
यता गृहमन्त्रालयले विहिवार एक सूचना जारी गर्दै भारतसंग जोडिएका प्रदेश नं. २ को १२ वटा नाकालाई सरकारले खुल्ला गरेको जनाएको छ । माघ ११ को मन्त्रिपरिषदको बैठकले चीन र भारतसंग जोडिएको प्रदेश २ का १२ वटा नाका सहित देशभरीका ३० वटा नाकालाई खुल्ला गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषदको नियर्णय अनुसार, प्रदेश २ का बाराको मटिअर्वा र सिम्रौनगढ, रौतहटको गौर र बंकुल, सर्लाहीको मलंगवा, महोत्तरीको भिट्टामोड, धनुषाको जटही र ईनर्वा, सिरहाको माडर सप्तरीको कुनौली सहित देशभरीको ३० वटा नाका खुल्ला गरिएको हो । गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन हिजो सर्कुलर पठाको थियो । गृहको परिपत्रअनुसार बाराको मटिअर्वा र सिम्रौनगढ नाकालाई खुल्ला गरिएको बाराका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी दिनु भयो । सिमानाका खुल्ला भएपछि अब आवतजावत र राजस्व असुली सहज हुने उहाले जानकारी दिनु भयो । जिल्लाको सुरक्षा युनिटहरुलाई दुबै नकाबाट आवतजावत सहज बनाउन निर्देशन समेत दिईसकिएको उहाले जानकारी दिनु भयो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमा क्षेत्रका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न पाएका थिएनन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय