राम कुशवाहा
बीरगंज १६ माघ ।
वीरगंजमा आज अटो तथा इ–रिक्सा चालकहरुले प्रदर्शन गरेका छन् । अटो रिक्सा व्यवसायी संघका अध्यक्ष अफजल अन्सारीको नेतृत्वमा वीरगंज महानगर कार्यालय अगाडि विहान ११ बजेदेखिव १२ बजे सम्म प्रदर्शन तथा नाराबाजी भएको हो । बीरगंज महानगरपालिकाले ई–रिक्सा दर्ता, रुट परमिटको लागि महगो शुल्क लिन थालेको भन्दै चालकहरुले विरोध जनाएका हुन् । चलाकहरुका अनुसार यातायात व्यवस्था कार्यालय सवारी शाखामा सवारी दर्ता गरी सञ्चालन गर्दै आएको तर महानगरमा पुनः दर्ता गरी रुट परमिट निर्धारण हुने सूचना प्रकाशित भएपछि दर्ता वेगर सञ्चालनमा रहेका इ–रिक्सा चालकहरुलाई समस्या भएको गुनासो गरेका छन् । पर्सामा करिब १५ सय इ–रिक्सा र पेट्रोलबाट चल्ने पि–रिक्सा सञ्चालनमा रहे तापनि वीरगंजमहानगरमा करिब ४ सय मात्र दर्ता गरी सञ्चालनमा रहेका छन् । २०७२ सालको नाकाबन्दीपछि वीरगंजमा ई–रिक्सा संचालनमा आएका हुन । त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्साले इरिक्साको सञ्चालनले वीरगंज शहरको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेपछि प्रशासनले वीरगंज महानगरलाई इरिक्सा सञ्चालनको लागि अनुमति सहितको सिफारिस नगर्न निर्देशन दिदै नयाँ इ–रिक्सा दर्तामा रोक लगाएको थियो । प्रशासनले यातायात व्यवस्था कार्यालयलाई नयाँ दर्तामा वीरगंज महानगरमा रुट परमिट नदिन रोक समेत लगाए तपानि अहिले पनि नयाँ दर्ता जारी रहेको छ । वीरगंज महानगरले पनि दर्ता प्रकृया अगाडि बढाउँदै ३२ वटा वडा भित्र १० वटा रुट निर्धारण गरी दर्ता प्रकृया अगाडि बढाएको छ । गत २०७६ सालमा महानगरमा ३४७ वटा इरिक्सा दर्ता भइ सञ्चालनमा रहेका छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times