बीरगंज ४ फाल्गुन ।
ट्राफिक प्रहरी कार्यालय पर्साले बीरगंज महानगरपालिकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गर्ने एक सय १७ वटा सवारी साधनलाई कारवाही गरेको छ । बीरगंज महानगरपालिकाको शंकराचार्य गेट, बहुअर्वा चोक, भानु चोक, पावरहाउस चोक, भिस्वा चोक लगायतका स्थानमा खटिएको नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको संयुक्त टोलीले चेकजाचको क्रममा उक्त सवारी साधनलाई कारवाही गरेको हो । कारवाही गरिएको सवारी साधनबाट ७५ हजार ५ रुपैया जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम डिएसपी मनोजित कुवँरले जानकारी दिनु भयो । विगत केही समय यता बीरगंजमा बढदो सवारी दुर्घटना र मोटरसाईकल चोरीको घटनालाई न्युनीकरण गर्न सवारी चेकजाचलाई प्राथमिकता दिईएको उहाले जानकारी दिनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times