वीरगंज । संघिय प्रेस फोरम जिल्ला कार्य समिति पर्साको पदाधिकारी बैठक आज बीरगंजमा सम्पन्न भएको छ ।

बैठकले प्रेस फोरमका जिल्ला अध्यक्ष आरके पटेलको नेतृत्वमा नेपाल पत्रकार महासंघ पर्साको आगामी चुनावमा सहभागी हुने निर्णय गरेको छ ।

बैठकले महासंघ पर्साको आगामी चुनावका लागी प्रेस फोरमका वरिष्ठ पत्रकार अनिल तिवारीको अध्यक्षतामा ५ सदस्यीय समन्वय तथा वर्ता समिति गठन गर्ने निर्णय गरेको छ ।

सो समितिले चुनावमा आफ्नो उमेदवारहरुलाई भारी मतले विजयी बनाउन अन्य पत्रकार संस्थाहरुसँग समन्वय गर्ने पटेलले बताउनुभयो ।

प्रेस फोरमका जिल्ला अध्यक्ष पटेलको अध्यक्षतामा बसेको उक्त बैठकमा विघटीत प्रतिनिधि सभासदस्य प्रदिप यादव, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, जसपा जिल्ला सचिव तवरेज अहमद, प्रेस फोरमका वरिष्ठ जिल्ला उपाध्यक्ष श्याम कुशवाहा, सचिव निखिल वर्णवाल, राम कुशवाहा, त्यसैगरी वरिष्ठ पत्रकारद्वय अनिल तिवारी, ध्रुव साह, चन्द्रभुषण साह, जसपा नगर अध्यक्ष ईश्वर यादव, पत्रकार एस.एम जहाँगस्त, नरेश सर्राफ, अमित अग्रवाल लगायतको उपस्थिति रहेको प्रेस फेरमका सचिव निखिल वर्णवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय