बिरगंज १४ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत खुल्न नसकेको अवैध नेपाली रुपैयाँ सहित दुइजनालाई बिरगंजको रजतज्यन्ती चौक बाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटेको प्रहरी टोलिले भारत बाट नेपाल तर्फ आइरहेको BR05AD6869 नम्बरको भारतीय मोटरसाइकललाई रोकि चेकजाँच गर्दा मोटरसाइकलमा सवार दुबै जना भारतीय नागरिकको साथ बाट नेपाली ७ लाख रुपैयाँ बरामद भएपछि निजहरुलाइ मोटरसाइकल सहित नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.२५ बस्ने बर्ष ४० को संजय कुमार गुप्ता र सोही ठाउँ बस्ने बर्ष ३७ को बिनोद कुमार रहेको प्रहरीले जनाएको छ । अवैध रकम सहित पक्राउ परेका दुबैजनालाइ वैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा आजै पर्सा जिल्ला अदालतको आदेशले ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times