बीरगंज।
जिल्ला प्रहरी कार्यालय पर्साले ३ करोड ३० लाखको कपाली तमसुक बनाई ठगी गरेको आरोपमा लेखनदास सहित २ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा निवासी ७० वर्षीय मुनि राउत अहिरलाई ललाईफकाई ३ करोड ३० लाख रुपैयाको कपाली तमसुक बनाई ठगी गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुर निवासी दिपेन्द्र यादब र बाराको विश्रामपुर बरैनिया निवासी लेखनदास शैलेन्द्र त्रिपाठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनु भयो । ७० बर्षिय बृद्ध मुनि राउत अहिरलाई ललाई फकाई ३ करोड ३० लाखको कपाली तमसुक बनाउने गिरोह मध्येका अन्य केही व्यक्तिहरु फरार रहेको र उनिहरुको खोजी भई रहेको प्रहरी उपरीक्षक पाण्डेले बताउनु भयो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times