टाटा कम्पनीका पाँच प्रकारका गाडीहरु सार्वजनिक

पढ्न छुटाउनुभयो ?

spot_img

वीरगन्ज ।
वीरगन्जमा टाटा कम्पनीका विभिन्न पाँच प्रकारका गाडी लन्चिङ्ग (सार्वजनिक) गरिएको छ । वीरगन्जको पावरहाउस चोक स्थित संचालित प्राइम अटो टे«टर्समा आयोजित एक कार्यक्रमबीच टाटा कम्पनीका नेक्सन, टियागो, एच. ५, टिगोर एवं बि.एस.सिक्स गाडीहरु लन्चिङ्ग (सार्वजनिक) गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अतिथि वीरगन्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्य र टाटा कम्पनीका नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी कम्पनी लिमिटेड काठमाडौंका टि.भि.बि.यू. का हेडअफ डिपार्टमेन्ट प्रमुख सावन्थजँग पिजापतिले संयुक्त रुपमा टाटा कम्पनीको विभिन्न ५ प्रकारका गाडीहरुलाई लन्चिङ्ग (सार्वजनिक) गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै प्राइम अटो टे«डर्सका प्रवन्ध निर्देशक सचिन गुप्ताले सार्वजनिक गरिएका यस कम्पनीका गाडीहरुको विशेषताको बारेमा जानकारी गराएका थिए । उनका अनुसार सार्वजनिक गरिएका यस कम्पनीका गाडीहरु सेफ्टी (सुरक्षा) राम्रो तथा ग्राउण्ड क्लियरेन्स बढि भएको तथा माइलेज बढि दिने यस गाडीको मुख्य विशेषता रहेको प्रवन्धक सचिन गुप्ता कानुले जानकारी दिए । उनले यस गाडीहरुको विशेषता यति मात्र नभई वातावरण प्रदुषण नियन्त्रण, मनमोहक डिजाइन समेत रहेको बताए ।
प्रबन्धक कानुले मूल्यको बारेमा जानकारी दिदै टाटा कम्पनीको नेक्सन गाडीको मूल्य ४३ लाख ५५ हजारदेखि ४९ लाख ९५ सम्म रहेको छ भने टियागो गाडीको मूल्य २८ लाखदेखि ३४ लाखसम्म रहेको छ । टाटा टिगोरको मूल्य ३२ लाख ५० हजारदेखि शुरुवाती मुल्य रहेको छ भने टाटा एच. ५ को ८४ लाख ९९ हजारदेखि शुरुवात मूल्य रहेको गुप्ताको भनाई छ । कार्यक्रममा प्राइम अटो टे«डर्सका एम.डि. सुबोध सापकोटा, उद्योगी व्यावसायी, बैंक तथा इन्स्युरेन्स कम्पनीका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Facebook Comments
+ posts
- Advertisement -spot_img
spot_img

ताजा खबर

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार...
- Advertisement -spot_img

सम्बन्धित खबर

- Advertisement -spot_img