वीरगंज । पर्सा प्रहरीको क्राईम ब्रांच टोलीको सक्रियताले यतिखेर पर्सामा तस्करी एवम अपराधिक गतिविधि नियन्त्रण रहेको देखिएको छ ।

पर्सा प्रहरीको प्रमुख को रूपमा प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले कार्यभार सम्हाले संगै पर्सामा हुने गरेको अपराधिक गतिविधि तथा अवैध भन्सार छलीका कार्यहरु धेरै हदसम्म नियन्त्रण भईरहेको देखिएको छ ।

पर्सा प्रहरीको क्राईम ब्रांचको प्रमुखमा सई सोभन राणाले जिम्मेवारी सम्हाले संगै अपराधिक गतिविधि लाई नियन्त्रण गर्नुको साथै समाजिक कुरुती एवम विकृति विसंगति लाई निर्मुल पार्न पर्सा प्रहरी कम्मर कसेर लागेको पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।

आम नागरिक लाई अमन चयनका साथ जिवन यापन गर्न पर्सा प्रहरी पुर्ण रूपमा सुरक्षाको ग्यारेण्टी गरेको र सोही अनुरूप पर्सा प्रहरीले आफनो गतिविधि अगाडी बढाएको पर्साका प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

खुला सिमाको कारण हुने अवैध भन्सार राजस्व चोरीलाई कडाई गर्न पनी पर्सा प्रहरीले कुनै कसर बाकी नराख्ने पर्सा प्रहरीले जनाएको छ ।

केहि महिनाकै अन्तरालमा पर्सा प्रहरीले करोडौ मुल्यका भन्सार छलीका समानहरु बरामद गरि वीरगंज भन्सार कार्यालयमा बुझाएको भन्सार तथ्यांकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय