
बिरगंज १२ बैशाख । वीरगन्ज साइकिलिंग क्लबले नेपाल पत्रकार महासंघ पर्सा शाखालाई आज तीन हजार मास्क तथा ५० वटा सेनेटाइजनर हस्तान्तरण गरेको छ । शाखाका अध्यक्ष अनुप तिवारी र सचिव भुषण यादवलाई कोरोनाबाट पत्रकारहरुलाई जोगिनका लागि सजिलो होस् भन्ने उद्देश्यले मास्क तथा सेनेटाइजर उपलब्ध गराइएको वीरगन्ज साइकिलिंग क्लबका अध्यक्ष संजय अग्रवालले बताउनुभयो । अध्यक्ष अग्रवालले पत्रकार महासंघका अध्यक्ष तिवारी र यादवलाई उक्त स्वास्थ्य सामग्रीहरु प्रदान गर्नुभएको हो । कार्यक्रममा वीरगन्ज साइकिलिंग क्लबका सचिव अनुप अग्रवाल लगायतको उपस्थिति रहेको थियो ।