वीरगञ्ज,२ जेठ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकारहरुको उपचार तथा राहतकालागि कोष निर्माण गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा बसेको बैठकले कोष निर्माण गर्ने निर्णय गरेको कोषाध्यक्ष संजीव मिश्रले जानकारी दिनु भयो ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सतिहको दोश्रो लहरमा पर्सामा ९ जना संचारकर्मी संक्रमीत हुन पुगेका छन । संक्रमीत पत्रकारहरुसंग नेपाल पत्रकार महसंघ पर्सा शाखाले आवश्यक समन्वय र सहकार्य गरेको अध्यक्ष तिवारीले बताउनु भयो ।

उहाँले पत्रकारहरु पेशागत र भौतीक रुपमै समस्यामा पर्दै गएकोले उपचार तथा राहतकालागि कोष निर्माण गर्न लागिएको जानकारी दिनु भयो । उहाँले फ्रन्टलाइनमा रहेर नागरिकलाई सहि सूचना दिने काममा क्रियाशिल पत्रकारहरुलाई राज्यले अन्य फ्रन्टलाइनरलाई जस्तो ब्यवहार नगरेको भन्दै पत्रकारहरुकोलागि निर्माण गरिएको कोषमा सहयोग उपलब्ध गराउन आग्रह गर्नु भएको छ ।

बैठकले पत्रकारको उपचारको बिषयमा आवश्यक प्रवन्ध मिलाउनकालागि महासंघले गठन गरेको कोभिड एक्शन टिमलाई पहल गर्न जिम्मेवारी दिएको छ ।

कोषाध्यक्ष संजीव मिश्रको संयोजकत्वमा गठन भएको टिमलाई पत्रकारहरुको अवस्था बुझ्न समेत जिम्मेवारी दिएको छ । पत्रकारहरुकोलागि आवश्यक राहतको ब्यवस्थापनमा पनि महासंघले ध्यान दिने उपाध्यक्ष सुष्मा शर्माले बताउनु भयो ।

यसैवीच नेपाल पत्रकार महासंघ पर्सा शाखाले निर्माण गरेको पत्रकार उपचार तथा राहत कोषमा नेपाल पत्रकार महासंघ पर्साका सह सचिव जितेन्द्र साहले ५१ हजार रुपैया उपलब्ध गराउनु भएको छ ।

बैठकमा उहाँले ५१ हजार बराबरको चेक महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलाई हस्तान्तरण गर्नु भएको हो । आफना स्व।पिता शिवजी प्रसाद कलवारको स्मृतिमा रकम हस्तान्तरण गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय