बीरगंज ।
प्रारम्भिक चरणमै उच्च स्वास्थ्य सतर्कता अपनाईएको कारण दोश्रो लहरको कोरोना संक्रमणबाट बीरगंज कारागारका कैदीबन्दीहरु हाल सम्म सुरक्षित रहेका छन् ।
चैत महिनाको अन्तिम साता देखि नै कारागारमा बाहिरबाट आफन्तसँग हुने भेटघाटलाई पूर्ण रुपमा बन्द गरि कारागार भित्र उच्च स्वास्थ्य सतर्कता अपनाईएको कारण दोश्रो लहरको कोरोना संक्रमण वीरगंज कारागारसम्म पुग्न नसकेको वीरगंज कारागारका सूचना अधिकारी नवराज बर्ताैलाले बताउनु भयो ।
कारागारमा अदालतबाट पूर्पपक्षका लागि पठाईएका कैदीबन्दीहरुलाई यस पटक कारागार भित्रै बनाईएको आईसोलेशन सेन्टरमा १५ दिन राखेर मात्रै भित्र अन्य कैदीबन्दीसँग घुलमिल हुने व्यवस्था मिलाईएको कारण अहिले कारागार भित्र संक्रमण नदेखिएको कारागारका चौकिदार मिश्रीलाल यादवले बताउनु भयो ।
बैशाख महिनामा प्रहरी हिरासतबाट आएका २ जनामा कैदीबन्दीमा कोरोना संक्रमण देखिएको र उनिहरुलाई आईसोलेशनमा राखि निको भएपछि मात्रै कारागार ल्याईएको कारागारका मुख्य नाईके दिनेश साह सोनारले बताउनु भयो ।
वीरगंज कारागारमा अहिले १ हजार १ सय ८१ जना पुरुष कैदी बन्दी, ७५ जना महिला र २ जना आश्रित बालबालिका गरि १ हजार २ सय ५६ जना कैदीबन्दीहरु रहेको वीरगंज कारागारका प्रवक्ता नवराज बर्तौलाले बताउनु भयो ।
गत बर्ष पहिलो लहरको कोरोना संक्रमणको कारण वीरगंज कारागारमा रहेका झण्डै ३ सय भन्दा बढी कैदीबन्दीहरु संक्रमित भएका थिए भने २ जनाको मृत्यु समेत भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times