बीरगंज २४ जेठ ।
पर्साको जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुर टोलमा बलात्कारको घटना नयाँ मोड लिएको छ । आफनै छिमकी द्धारा बलात्कार भएकी युवती सहित उनको घरका अन्य परिरवारहरु बेपत्ता भएपछि घटनाले अर्को मोड लिएको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । बलात्कारको घटनालाई लुकाउन जनप्रतिनिधिहरुले चलखेल गरेपछि घटनाको सम्वेदनशिलतालाई बुझेर प्रहरीले अनुसनधान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले जानकारी दिनुभयो । कानुनको उलंघन गर्दै निर्वाचित प्रदाधिकारीहरुले गरेको निर्णयपछि आफुहरु फस्ने डरले अहिले पिडित युवती सहित उनका परिवरलाई नै बेपत्ता बनाएपछि घटना रहस्यमय बनेको हो । पिडित किशोरीलाई बेपत्ता पारेर पिडकलाई उम्काउने षडयन्त्रमा जनप्रतिनिधि लागेको भेटिएपछि यो घटनाले प्रहरीलाई चुनौती दिएको छ । गत शनिबार साँझ साढे ६ बजेतिर जगरनाथपुर टोलमा बस्ने १५ वर्षीया किशोरीलाई सोही टोलका २२ वर्षीय युवकले जबरजस्ती करणी गरेका थिए । प्रहरीका अनुसार किशोरीका आमाबुबा बाहिर गएको मौका छोपेर छिमेकमै बस्ने युवक घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरेका थिए । घटनाको सम्बन्धमा सोही दिन किशोरीका दाइले राति ८ बजेतिर प्रहरीलाई जानकारी गराएका थिए । घटना लगतै पाँडेपुर प्रहरी चौकीका असईसहित दुई जना प्रहरी युवकलाई पक्राउ गर्न गाउँमा पुगेको भए पनि स्थानीयले प्रहरीको विरोध गर्न थालेपछि युवक फरार भएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times