वीरगञ्ज , जेठ २६ ।
जिल्ला प्रहरी कार्यालय पर्साले डेढ महिना पहिला मोबाईल र ल्यापटप चोरी गरेका एक जना अभियुक्तलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ निवासी १९ वर्षीय मुन्ना कुमार राम रहेका छन् ।रामले गत बैशाख ७ गते दिउँसो २ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर बस्ने प्रकाश रौनियारको घरमा कोही नभएको मौका छोपी घरभित्र प्रवेश गरेर डेल कम्पनिको ल्यापटप र भिभो कम्पनिको मोबाइल लगायत डकुमेन्टहरु चोरी गरेका थिए । चोरी भएको सूचना प्राप्त गरेसँगै प्रहरीले अनुसन्धान गर्दै जाँदा रामले चोरी गरेको सामग्री आफ्नै घमा लुकाएर राखेको सूचना पाएको थियो ।प्राप्त सूचनाको आधारमा जेठ २४ गते प्रहरीले रामको घरमा छापामारी गरेर उनि सुत्ने कोठामा खानतलासी गर्दा कोठाबाट ल्यापटप र मोबाइल बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जनाकारी दिनुभयो । प्रहरीले रामलाई चोरी गरिएको सामान सहित जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर चोरी सम्बन्धि मुद्दा दायर गरी ५ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको जिल्ला प्रहरी कर्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय