पर्सा, २६ जेठ ।
पर्सामा निषेधाज्ञा बाट प्रभावितहरुलाई नि:शुल्क भोजन र फ्रन्टलाईनमा खटने सुरक्षाकर्मीलाई खाजा उपलब्ध गराउदै आईरहेको दि हन्ड्रेड ग्रुपले आज पकाहामैनपुर गाँउपालिका वार्ड न -३ मा रहेको मुसहर र चमार टोलका बासिन्दाहरु लाई राहत वितरण गरेको छ ।
पोखरिया युवा समाजका भगवान दाश तात्वाले समाजिक संजालमा सो परिवारलाई निषेधाज्ञाका कारण समस्या भएकोले सहयोग गर्न सार्वजनिक अनुरोध गरेपछि दि हन्ड्रेड ग्रुपले आज एक बिहानै ५६ परिवारको लागी राहत लिएर गाँउमै पुगेर वितरण गरिएको ग्रुपका सचिव विंकी सर्राफले जानकारी गराए ।
ग्रुपका अध्यक्ष विनय गिरीका अनुसार कोरोना भाइरस संक्रमणको दोस्रो लहरका कारण प्रभावित भएका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब लगायत विपन्न वर्गहरुको सहयोगार्थ निःशुल्क भोजन सेवा संगै राहत वितरण कार्यको शुरुवात गरेकाछौ । उनका अनुसार निषेधाज्ञाका कारण स्वयम् भोजनको व्यवस्था गर्न नसक्नेहरुका लागि अभियान आरम्भ गरिएको हो ।
ग्रुपले विभिन्न स्थानिय संघसंस्थाहरुको सहयोगमा अभियानलाई निरन्तरता दिईरहेको कोषाध्यक्ष आशिष गुप्ताले जानकारी गराए । अभियान सुरु भएदेखि स्थानिय संघसंस्थाहरु अभियानसँग जोडि आउनुभएकोले हामी सेवा गर्न सफल भएको कोषाध्यक्ष गुप्ताको भनाई छ ।
संस्थाले प्रत्येक दिन साँझ भोजन सेवा र दिउसो सुरक्षाकर्मीलाई खाजा वितरण गर्दै आएको छ । ग्रुपका सचिव विकीं सरार्फका अनुसार बिहानको समयमा अधिकांश संघसंस्थाहरुले भोजन वितरण गरिरहेको तर साँझको समयमा केहीले मात्र गरेका कारण आफुहरुको सेवा साँझ केन्द्रित छ ।
यस अभियानमा निस्वार्थ रुपले खटिएर सेवा गरिरहेका अन्केंस पाण्डे, राहुल पटेल, एम डि अरमान, ज्योती साह, अमित चौरसिया, सुशील पटेल, आयुष वर्णवाल, आकाश भगत, जे पी गिरी, निरंजन साह, बिशेष साह, दिपु यादव, अनिल गिरी लगायतका युवा जमातको ईक्क्षाशक्तिका कारण हामी निरन्तर सेवा दिन सफल भएको अध्यक्ष गिरी बताउनुहुन्छ।