बिरगंज ३० जेठ ।
विश्वब्यापी रुपमा फैलिएको कोरोना महामारीको बेला युवा वचन संस्थाले बिरगंज नगरवासीका सहयोगको लागि हेल्प डेस्कको स्थापना गरेको थियो तर यो हेल्प डेस्कले बिरगंज लगायत अन्य ठाउँका मानिसहरुलाई पनी सहयोग गरेको छ।

यस हेल्प डेस्कले महामारी को बेला कोइ भोको पेट नरहोस, कसैलाई स्वास्थ्य समस्या परेमा तत्काल सहयोग गर्ने, अति बिपन परिवार लाई राहत बितरण गर्ने, निशुल्क एम्बुलेन्स सेवा, रगतको समस्या लाई पूर्ति गर्ने जस्ता अमुल्य सहयोगको उदेश्यले हेल्प डेस्कको संचालन गरिएको थियो।

आज हेल्प डेस्कले २३ औ दिनमा आएर आफ्नो हेल्प डेस्क लाई समापन गरि हेल्प लाईनको नामले संचालन गरेको छ। यस हेल्प डेस्कले २३ दिनमा बिरगंजमा मात्र नभएर अरु ठाउँ ठाउँमा पुगेर ६५० गरिब परिवारलाई राहत बितरण गरेको छ साथै २१ बिपन परिवार लाई निशुल्क औषधी र ४३ परिवार लाई निशुल्क एम्बुलेन्स सेवा सहयोग गरेको छ।

हेल्प डेस्कले २३ दिनमा बिरगंज लगायत अन्य ठाउँ हरुबाट नगद ३ लाख, ९०० किलो चामल, १५५ किलो दाल, २०० किलो आलु, ५ कार्टुन तेल, २ बोरा प्याज, १०० प्याकेट आटाको सहयोग प्राप्त गरेको छ। साथै जगदम्बा स्टीलका संचालक पवन गुप्ताले (३००००) तिस हजार को औषधी हेल्प डेस्क लाई सहयोग गर्नु भएको थियो। यो हेल्पडेस्क लाई २३ दिन देखी निःशुल्क रुपमा टेंट लाइट जगमग डेकोरेटर का अवधकिशोर चैरसियाले सहयोग गर्नु भएको थियो ।

युवा वचन संस्था का केन्द्रीय संस्थापक अध्यक्ष पियुष कादमिया र हेल्प डेस्कका संयोजक किशन सर्राफको नेतृत्वमा संचालन हेल्प डेस्कको समापन कार्यक्रममा प्रमुख अतिथि विजय कुमार सरावगी र अतिथिमा मुकेश अग्रवाल, पवन गुप्ता, राज रुंगटा ,परमानन्द कादमिया, दिपक टीब्रेवालको उपस्थिति रहेको थियो ।हेल्प लाईन नम्बर ९८५५०८८२७२ ९८०४२६४००१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय