बिरगंज ३ असार ।
पर्साको पकहा मैनपुर गाउपालिकाको सातौ गाउसभा सम्पन भएको छ । गाउंसभाले आउदो आर्थिक वर्षको लागि ४० करोड ९२ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । चालु तर्फ २० करोड २ लाख र पुजिगत तर्फ २० करोड ९० लाख बजेट बिनयोजन गरपएको छ । बजेटमा शिक्षा , स्वास्थ्य र कृषीलाई पहिलो प्राथमिकतामा राखिएको छ । स्वास्थ्य तर्फ कोरोना पैकेज,लैब,अौषधी लगायतका सेवालाई पूर्ण रूपमा निशुल्क वितरण गर्ने योजना छ । त्यसैगरि विधालयहरूको थप स्तरोन्नति ,कक्षा बृद्वी,पूर्वाधार व्यवस्थापन ,प्राविधिक शिक्षा अन्तरगत सिभिल ईन्जिनियरको कक्षा संचालन गराउने , जस्ता योजना प्राथमिकतामा रहेको पालिमा अध्यक्ष बिजय चौरसियाले बताउनु भयो । यसैगरि कृषीमा सुपथ र सहज सिचाईको लागि सौर्य उर्जा बोरिङ जडान र विधुतिकरण गर्ने योजनालाई प्रथमिकतामा राखिएको चौरसियाले बताउनु । यस्तै महिला सशक्तीकरण ,बाल बालिका संरक्षण, जेष्ठ नागरिकको सम्मान सहितको व्यवस्थापन गर्ने योजना बजेटमा रहेका छन ।
गाउपालिका अध्यक्ष चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका नवनिर्वाचित अध्यक्ष अनुप तिवारीलाई सम्मान तथा गाउपालिकाका पूर्व कार्यकारि अधिकृत रामेश्वर सिंहको विदाई गरिएको थियो । कार्क्रममा उपाध्यक्ष कुश्मी देवी , वडा अध्यक्ष अमिरका सहनी , बृजमोहन पाण्डेय, ढेणी यादव, मदन साह कानु ,लेखमन पटेल लगायत कार्पालिका सदस्यहरूको सहभागिता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times