वीरगन्ज, ६ असार ।
आन्तरिक श्रोत न्युन भएपनि कालिकामाई गाउंपालिकामा विकाश कार्यले गति लिएको छ । शनिवार पालिकाका विभिन्न वडामा संचारकर्मीहरुको टोलीले स्थलगत अनुगमन गर्दा विकाश निर्माणका योजना धमाधम अगाडी बढेको तथा अधिकांश योजना सम्पन भइसकेको देखिएको छ ।
गाउंपालिका भित्रका वडाहरुमा मुख्यतः प्रमुख तथा सहायक सडक ढलान, आवश्यक्ता अनुसार नाला निर्माण, विधालय पुरर्वाधार, सामुदायिक भवन निर्माण , पैराणिक कालिकामाई र भवानी मन्दीरको संरक्षण, कृषककोलागि बोरि¨ जडान , स्प्रे टंकी वितरण , दुध उत्पादन बृद्धी तथा स्वरोजगारको लागि पाडी, बाख्रा वितरण लगायतका योजना सम्पन भएका छन । त्यसतै पालिका भवन निर्माण , प्रत्येक वडामा पार्टी पैलेस हेर्ने लायक र लाभकारी अन्य दजनौ योजना उदाहरणियरुपमा अगाडी बढेका छन । तर गाउपालिका भित्र कै केहि व्यक्ति जो गैरसरकारी संस्थाको लेउदेउ कार्यक्रम गरि आयआर्जन गर्छन उनीहरु अहिले पालिकालाई एकहरो रुपमा बदनाम गर्न पेशा अंगालेको पालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष पवन तिवारीले बताउनु भयो ।
जनताले भएको विकाशको अनुभूती गरिरहेको बेला गैर नाफा मुलक उदेश्यले संचालन हुने एनजिओको कारोबार गरि राम्रो आमदनी आर्जन गरेका र कालिकामाई गाउपालिकामा त्यस्तो नहुने हुदा उनीहरु रिसाएर बदनाम गर्न कार्यमा जुटेको तिवारीले बताए । पालिका अन्तर्गतको वडा नम्बर ५ मा तिन दिन अगाडी उनीहरु गएर कता हिलो छ ,भनेर खोज्नु परेको र नपाएपछि बाटो नभई दशै मेला लागने सार्वजनिक जग्गाको फोटो राखि भ्रम फैलाउन समाजिक संजालमा फोटो राखेको प्रति वडावासी आक्रोशित भएको स्थानिय बागड राउतले बताउनु भयो ।
कुरा दुई वर्ष अगाडीको हो , कालिकामाई गाउपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत संन्देश यादवलाई प्रभावमा पारि गोप्यरुपले कालिकामाई गाउपालिका २ गदीयानी स्थित ब्रिलियन्ट युवा कल्बले स्कुलका वालवालिकालाई जनचेतना कार्यक्रम गर्न ६ लाखको सम्झौता गरिसकेको थियो । त्यसपछि केहि दिन नवित्दै यादवको सरुवा भयो र गोप्य सम्झौताको पोल खुल्यो । ६०÷४० को भागबण्डामा तय भएको सम्झौता विशेष सभागरि जनप्रतिनिधीले रदगरि सो रकम वैकल्पिक उर्जा प्रवर्धनमा खर्चगरे त्यस यता ब्रिलिएण्टका कल्बका संचालकहरु समाजिक संजाल तथा आफैले संचालन गरेको मिडियाबाट गाउपािलकाबारे भ्रम फैलाउन सकृय रहेको वडा अध्यक्ष तिवारीले बताए । अहिले प्राप्त समाचार अनुसार हाल सन्देश यादव प्रशासकिय अधिकृत रहेको सखुवा प्रसौनी गाउपालिकामा फेरी १० लाख भन्दा बढीको योजना सम्झौता गरिएको छ ।
कल्ब संचालकहरुले पत्रिका र एउटा आनलाईन पनि संचालन गरेका छन । त्यसमा कामनदिने पालिकाको नियतसव भ्रामक समाचार तथा ६०÷४० को काम गर्नेको अनावश्यक प्रचार हुने गरेको कालिकामाई गाउपालिका वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताए ।
मुख्य पेशा कल्बबाट आमदनी गर्ने व्यक्तिहरु अहिले आक्रोशित भएर बदनाम गर्दा पनि कुनै फरक नपर्ने वडा नम्बर ५का अध्यक्ष तिवारी बताए । उनले भर्ने मंदिरको गजुरमा चराले दिशा गर्दा मन्दीर भित्रको भगवान मन्दीर छोडी जादैन्न , तस्र्थ आलोचना बाट हामी कुनै हालतमा विचिलीत हुदैनौ’ । जसले आफनो प्रतिनिधी छान्यो ती जनताको लागि विकाश निर्माण गरेको दाबी गर्दै उनले जनता खुस छन अरु रिर्सार केहि फरक नपर्ने बताए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times