भाग १.
बिरगंज ७ असार ।
पर्साको कालिकामाई गाउपालिकामा वडा नम्बर २ गदियानी टोलमा एउटै घरपरिवारका ९ जना (काका, भतिज, दाजु भाई) बाट संचालित ब्रिलिएण्ट युवा कल्ब रहेको छ । कल्बका ९० प्रतिशत पदाधिकारी सदस्य र काम गर्ने एउटै परिवारका छन । स्थानिय तह स्थापना हुनु भन्दा अगाडी गरिबी निवारण तथा अन्य जिल्लागत कार्यक्रममा भाई , भतिजा , काकाहरुले राम्रो आमदनी गर्न सफल पनि भए । स्थानिय सरकार गठन पछि एनजीओ परिवारको ध्यान गाउपालिकाको बजेट र कर्मचारी भर्नामा पुग्यो । जिल्ला र केन्द्रबाट कार्यक्रम पाउन छाडेपछि बिर्लिएण्ट कल्बले तिनवर्ष अगाडी कालिकामाई गाउपालिकाबाट बजेट पाउन विभिन्न चर्तिकला गरियो तर त्याहाका जनप्रतिनिधीले सबै चलखेल रोके । त्यसपछि एनजिओ तिर आम्दनी घटेपछि ब्रिलिएण्ट युवा कल्बका निर्देशक र कार्यक्रम संयोजकले आफनो छोरा भेष कुमार साह र र भाई लक्षुमण साहलाई उनीहरुले पालिकाको घटना दर्ता प्रणालीको अप्रेटर र फिल्ड सहायकमा न्युक्ती गराउन लागि परे । २०७६ साल पुस ८ गते १ वर्षको म्याद सहित दुबैले न्युक्ती पनि पाए । तर उनीहरु काम कर्तव्यमा अटेरी र विभिन्न जालझेल गर्न थालेपछि पालिकाले भ्याद थप गरेन । गएको कार्तिक महिना सम्म उनीहरु तलब समेत बुझेका छन ।
कार्यालय समयमा नआउने, हाजिरी पुस्तीकामा एकै चोटी एक साताको हाजिरी गर्ने , तोकिएको जिम्मेवारी पुरा नगर्ने लगायतको प्रमाण फेला परेको आधारमा पालिकाले उनीहरुलाई काम बाट हटायो । पुर्नबहालीको लागि साह दाजुभाई अदालत सम्म धाए तर उनीहरु आफैले छोडेको प्रमाण एकै दिन एक साताको हाजिरी गर्दै गरेको भिडियो अदालत सम्म पुग्यो ।
हेर्नुस पालिकाको हाजिरी पुस्तीकामा एकै दिन ८ दिनको हाजिरी गरि मोबाईलमा फोटो खिचदै गरेको भिडियो ।


(एकै दिन ८ दिनको हस्ताक्षर गर्ने लक्षमण साह एक आनलाइन संचालकका भाई हुन)
यस प्रकारको किर्ते फेला परेपछि म्याद थप नहुदा अहिले उनीहरु पालिकामा छैन्न । छोरा भेष साह र भतिजा लक्षमण साहको जागिर गएपछि ब्रिलिएण्टका युवा कल्बको कार्यक्रम संयोजकहरु बटै संचालित रहेको आनलाइन र पत्रिकामा कालिकामाई गाउपालिका विरुद्ध प्रहार गर्ने उदेश्यले कुप्रचार गर्ने अभियान सुरु भयो । काका, भतिजा ,दाजु, भाईबाट संचालित एनजीओको उदेश्य पुरा नहुदा उनी रिसाउनु स्वभाविक भएको कलब रहेको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताए । कलबमा एकै परिवारका मात्र कर्मचारी र पदाधिकारी रहेको र परिवारका सदस्यमात्र सामुहिकरुपमा गरिबी निवारण, लगायतको योजनाको रकममा रजाई गरेकोले त्यस्को छानबीन गर्नुपने चौरसियाले मांग गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय