
बिरगंज ८ असार । सशस्त्र प्रहरी बलका विवादास्पद डिआइजी प्रवीण श्रेष्ठ पुरानो मिति राखेर आफ्नो पदावधि थप्न मंगलबार बिहानैदेखि दौडधुपमा लागेका छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले पदावधि थप नगरेपछि सोमबारकै मन्त्रिपरिषद् बैठकको मिति राखेर पदावधि थप गर्न शक्तिकेन्द्र धाइरहेका छन् ।व्यक्तिगत स्वार्थका लागि पटक पटक भारतीय दूतावास गएको खुलेपछि उनलाई सरकारले कारबाही गरेको थियो । सुरक्षासम्बन्धि गोप्य सूचना भारतलाई दिएको आरोप लागेका व्यक्तिलाई म्याद थप नगरेको हो । श्रेष्ठ अस्वस्थ चलखेल गरेर महानिरीक्षक हुने दाउमा छन् । अहिले पदावधि थप भए बैशाखमा महानिरीक्षक बन्ने उनको सम्भावना छ । तर, कार्यक्षमतामा समेत उनी निकै कमजोर मानिन्छन् । विदेशी दूतावास धाउने सुरक्षा अधिकारी नेतृत्वमा पुगे देशको सुरक्षामै खतरा उत्पन्न हुन सक्ने सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् ।साभार – दृष्टि न्युज