भाग – २ बिरगंज ९ असार । पर्साको कालिकामाई गाउपालिका वडा नम्बर २ गदियानी टोल स्थित सार्वजनिक पोखरी कब्जागरी एउटा पक्की घर ठड्याइएको छ । सो घरमा एउटै परिवारका ९ जना (काका, भतिज, दाजु भाई) बाट संचालित ब्रिलिएण्ट युवा कल्बको बोर्ड झुण्डीएको छ । हालको कालिकामाई गाउपालिका वडा नम्बर २ साबिक भेडिहारी गाविसको वडा नम्बर ९ गदीयानी टोलको किता नम्बर ११३ को जग्गा १ दशक देखी एनजीओकर्मीहरु कब्जा गरि राखेका छन ।
पोखरीको स्वरुप नै परिवर्तन हुने गरि पक्की घर निर्माण गरि क्यक्तिगत प्रयोजनमा राखिएको उजुरीको अधारमा पूर्नावेदन हुदै सर्वोच्च अदालतले घर भत्काई पोखरीको जग्गा अतिक्रमण मुक्त गराउन आदेश गरेको छ । २०७६ साल कार्तिक ५ गते नयायाधिष धनबहादुर कार्कीको इजलासले प्रतिवादीहरु छठु साह तेली ,शिवशंकर साह तेली ,ओमप्रकाश साह तेली, शम्भु साह तेली , खेमराज साह तेली , बीरेन्द्र साह तेली, नगनरायण साह तेली, तथा ब्रिलिएण्ट युवा कल्बको नाममा सार्वजनिक पोखरको जग्गा खिचोला छोडाई घर भत्काई चलन आदेश गरेको हो । प्रतिवादी ब्रिलिएण्ट युवा कल्बका पदाधीकारी तथा कर्मचारी हुन र एउटै परिवारका सदस्य पनि हुन ।
सोही आदेश अनुसार कालिकामाई गाउपालिकाले घर भत्काई सार्वजनिक पोखरी कायम गर्न प्रयास गर्दा विपक्षीहरु प्रतिवादमा उत्रिने गरेको वडा नम्बर २ का अध्यक्ष सोनालाल चौरसियाले बताउनु भयो । कल्ब समाजिक जागरण र उत्थानकोलागि हुन्छ , तर यहा एउटा परिवारले आफ्नो उत्थानको काम मात्र गरेको चौरसिया बताउछन् । सर्वोच्चको फैसला कार्यन्यवन नगर्नेपनि समाजिक मान्छे हुन्छ त ? उनले प्रशन गरे । कल्बको आडमा अतिक्रमित पोखरीको जग्गा खाली गराउन जादा जबर्रजस्तीमा उत्रिनेहरुले त्यसको रिस पोख्दै गाउपालिका विरुद्ध भ्रामक प्रचार गरिरहेको चौरसियाले गुनासो गरे ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to The Madhesh Times