बीरगंज १५ असार ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले अवैध रुपमा राजस्व छलि रक्सौलबाट वीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा १७ लाख मुल्य भन्दा बढीको ७८ पिस डेल कम्प्युटरको सिपियु सहित अन्य इलेक्ट्रोनिक सामान बरामद गरेको छ । गएराति वीरगञ्ज महानगरपालिका वडा नं.१६ नगवा स्थित सडक खण्डबाट ५÷७ जना अज्ञात व्यक्तिहरुले रक्सौलबाट भन्सार छलि ल्याई रहेको अवस्थामा कम्प्युटरको सिपियु, सहित अन्य पार्टस तथा इलेक्ट्रिक सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले बताउनु भयो । प्रहरीको गस्ती टोलीलाई देख्नासाथ तस्करहरु सामान छाडेर फारर भएको र बेवारिसे अवस्थामा बरामद गरिएको कम्प्युटर पार्टस थप कारवाहीका लागि वीरगंज भन्सारमा बुझाईएको प्रवक्ता खनालले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय