बीरगन्ज, असार १५ ।
समाजिक संजालमा जथाभावि लेख्ने उमेश दुबेलाई पक्राउ गरि आवश्यक कार्यवाही गर्न जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको अधारमा दुबेलाई पक्राउ गर्न प्रहरीले सोमबार अदालतबाट पक्राउ पुर्जी पाएको हो । मंगलवार जिल्ला प्रहरी कार्यालय बारालाई समेत पक्राउ गर्न पत्र पठाइएको छ । दुबेको खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ । उमेश दुबे पत्रकारिताको आवरणमा लामो समय देखि समाजिक संजालमा जथाभावि लेखेर अरुको मानमर्दन गर्दै आएका हुन ।
एक साता अगाडी पत्रकार महासंघ पर्साका सहसचिव जितेन्द्र साहलाई समाजिक संजालमा गाली गलौज गरेकोमा जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहार तथा सार्वजनिक गाली व्यजती मद्दा दर्ता भएको छ । मद्दा दर्ता भएपछि दुबे फरार भएका हुन । बारा र पर्सा प्रहरीले उनको खोजीमा जुटेको छ ।
समाजिक संजाल प्रयोगगरि अरुको मानमर्दन गर्ने कार्यमा दुबे पटके भइसकेका छन । गत वर्षपनि दुबे फेसबुकमा प्रहरी अधिकृतलाई मानमर्दन हुनेगरि लेखेको कारण उनलाई पक्राउ गरि तत्कालिन पर्सा प्रहरी उपरिक्षक गंगा पन्तले मुदा चलाई एक साता थुनेकी थिइन । यस्तै नेपाल पत्रकार महासंघ बाराका पदाधिकारीहरुको विषयमा फेसबुकमा आपतिजनक कुरा लेखेको कारण दुबेलाई महासंघले ३ महिनाकोलागि सधारण सदस्यताबाट निलम्बन समेत गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to The Madhesh Times