
बीरगंज, माघ १६ – बीरगंजको घण्टाघरस्थित सहिद स्मारकमा आज सहिद दिवस भव्य रूपमा मनाइयो। प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्यालज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, जिल्ला समन्वय समितिका उपप्रमुख, बीरगंज महानगरपालिकाका उपप्रमुख, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख, संघ-संस्था एवं संचारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको योगदानको सम्मान गरिएको थियो। सहभागीहरूले सहिदहरूले देखाएको मार्गमा अघि बढ्दै देश र समाजको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे। स्थानीय जनसमुदायको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा देशको लोकतान्त्रिक मूल्य र मान्यतालाई अझ मजबुत बनाउन सहिदहरूको बलिदानलाई स्मरण गर्ने अवसर प्रदान गरियो।